म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरबाङमा पहिलोपटक ‘अटोमेटेड टेलर मेसिन’ (एटिएम) सेवा सुरू गरेको छ। गरिमा विकास बैंक दरबाङ शाखाले बिहिबारदेखि सेवा सुरू गरेको हो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी एटिएम सञ्चालनमा ल्याएको शाखा प्रबन्धक नारायण शर्माले बताए । ‘सेवा सुरू भएको छ,‘औपचारिक उद्घाटन समेत गर्नेछौ’ शर्माले भने । उनका अनुसार पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङबाट सेवाग्राहीको चाप बढ्न थालेपछि सेवा थप गरिएको बताए ।

एटिएमको सेवासँगै खल्तीमा पैसा बोेकेर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको प्रबन्धक शर्माको भनाई छ । उनका अनुसार सेवा लिन छिमेकी बागलुङको तमान, लाम्मेला सहितका क्षेत्रबाट समेत बैंकमा आउने र रुकुम जिल्लाको म्याग्दी रुटबाट हिड्नेलाई समेत सहज हुने बताए । पैसा बोक्न असुरक्षित हुनेलाई एटिएमले सहज भएको छ । चाहिएको बोलमा पैसा झिक्न मिल्ने भएकाले रामो यात्रामा हिड्नेलाई हराउने वा चोरीको त्रास नहुने भएकाले पनि शाखामार्फत सेवा क्षेत्रमा रहेका विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सहितको अभियान सञ्चालन गर्ने जनाएको छ ।

माओवादीको जनयूद्धपछि दरबाङ क्षेत्रमा रहेको बाणिज्य बैंकको शाखा विस्थापित भएपछि गरिमाले पश्चिम म्याग्दीका जनतालाई बैंकिङ सेवा दिने उदेश्यले बि.श २०६६ सालमामा शाखा विस्तार गरेको थियो । दरबाङ शाखाले ४४ करोड कर्जा प्रवाह गरेको छ भने २९ करोड निक्षेप रहेको छ । शाखामा करिव ७ हजार ग्राहक रहेका छन् । सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको छ ।

विज्ञापन