म्याग्दीको लोकदिप बचत तथा ऋण सहकारी संस्था प्रभु मेनेजमेन्ट प्रालिद्धारा सम्मानित भएको छ । प्रालिद्धारा सञ्चालित प्रभु मनि ट्रान्सफरको २०७५ सालमा देशैभरी रहेका ४२ सय एजेन्टमध्ये डेमेस्टिक रेमिटान्स सेवामा धौलागिरी भित्रकै लोकदिपले उत्कृष्ट सहकारीमा छनौट भएको हो । प्रभुले देशभित्र रेमिट्यान्स तर्फ उत्कृष्ट कारोबार गर्ने ३१ वटा सहकारीमा छनौट भई सम्मानित भएको प्रभु मेनेजमेन्ट प्रालिका प्रबन्धक गणेश घिमिरेले बताए ।

‘लोकदिपको कारोबार उत्कृष्ट र ब्यवस्थित छ,‘सेवाग्राहीलाई थप सहज हुने गरी नयाँ सुविधा सहित आउँदैछौ’ घिमिरिले भने। उनका अनुसार बागलुङको सिद्ध बराह कृषि सहकारीले समेत सम्मान प्राप्त गरेको छ । डेमेस्टिकतर्फ साविकको धौलागिरी अञ्चलमा लोकदिपको कारोबार उच्च रहेको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए। उनका अनुसरसहकारी स्थापनाकालदेखिनै प्रभु सहित विभिन्न रेमिट्यान्स कम्पनीको कारोबार गरिरहेको छ ।

देशभित्रका साथै विश्वभरबाट रेमिट्यान्स सहित आन्तरिक तथा बाह्य हवाईटिकट सेवा, विद्युत, टेलिफोन, खानेपानी बिल भुक्तानीको सुविधा समेत रहेको छ । सहकारीले सम्मान प्राप्त गरेकोमा धन्यवाद दिदै भविस्यमा पनि प्रभुका सेवाहरुमार्फत ग्राहकमाझ पुग्ने जनाएको छ । प्रभुले लोकदिपलाई सम्मान सहित भविस्यमा विभिन्न कार्यक्रमहरुमा समेत सहभागि बनाउने जनाएको छ ।

विज्ञापन