दक्षिण अमेरिकाकाे ब्राजिलियन वर्षा वन (amazon rainforest) मा भइरहेको भीषण आगलागी र बढ्दाे विनाशका श्रृंखलाले पृथ्वीको संकटपूर्ण अवस्थालाई संकेत गरेको छ । केही समयअघिबाट सुरु भएको आगलागीले अहिले जंगलको धेरै जसो भू-भाग जलाएर नष्ट गरिसकेको छ । वातावरणीय संगठन र अन्वेषकहरूले आगलागीको कारण एवं जिम्मेवार मानिस नै रहेको आरोप लगाएका छन् । तर ब्राजिलका केही सरकारी अधिकारीलहरूले भने लाइटिनिंग अर्थात् चट्यांगका कारण अागलागी भएकाे जनाइरहेका छन् ।

ब्राजिलमा अवस्थित अमेजन सदावहार जंगल विश्वकै ठूलो जंगल हो । यसबाट विश्वमा मानवजातिलाई चाहिने कुल अक्सिजनकाे २० प्रतिशत अक्सिजन आपूर्ति हुने गर्दछ । १६ हजारभन्दा बढी प्रजातिका वनस्पति रहेको यो जंगलले पूरै विश्वको पारिस्थितिक पद्धतीमा निकै ठुलो योगदान पुर्याइरहेको अवस्था छ ।
अहिले ‘अमेजन हैन, हाम्रो घर जलिरहेको हो’ भन्दै ट्विटरमा प्रेफरअमेजन (#PrayForAmazon) ह्यासट्यागका हजारौँ, लाखौँ ट्विटहरु ट्रेन्डिंगमा छन् । यसले के देखाउँछ भने अहिले विश्वका अन्य देशका मानिसकाे समेत साझा चिन्ताकाे विषय बनेकाे छ- अमेजन वनकाे डँढेलाे । यसले गर्दा पृथ्वीमाथि नै संकट सुरु हुने एकथरी वैज्ञानिकहरुकाे विश्लेषण छ ।

यो वर्ष (सन् २०१९ को जनवरीदेखि अहिलेसम्म) अमेजनमा सेटेलाइट डाटाका अनुसार ७२ हजार आगलागी भएकाे देखिएको छ । हाल भइरहेकाे भीषण अागलागी गत वर्षकाे भन्दा ८५ प्रतिशतले बढिरहेकाे एक तथ्यांकले जनाएकाे छ ।

यही २० अगस्टअघिबाट भने अमेजनमा अहिलेसम्मकै भीषण आगलागी भइरहेको छ । यो आगलागी गत वर्षको भन्दा ८५ प्रतिशतले बढी खतरनाक भएको वातावरणीय संगठन र अन्वेषकहरूले जनाएका छन् ।
‘अमेजन वाच’ नामक गैर-नाफामुखी संगठनका निर्देशक क्रिश्चियन प्राइरोरले अमेजनमा क्यालिफोर्निया वा अष्ट्रेलियाका जंगलहरु जस्तै आगलगाी नहुने तर मानिसहरुका कारण मात्रै अमेजन वन आगोको लपेटामा परिरहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जिम्मेवार काे ?
प्राइरोरले ब्राजिल सरकारले कृषि प्रोजेक्ट चलाएर वनफडानी गर्दै गाईपालन, कृषि फार्म लगायतका आर्थिक उन्नतिका नाममा चालिएका कदमका कारण मानिसहरुले नै अमेजनमा भीषण आगलागी गराइरहेकाे बताएका छन् । उनी लगायत अन्य कतिपय सराेकारवालाहरुले समेत आगलागीको जिम्मेवार ब्राजिलका राष्ट्रपति जैयर बोल्सनोरो रहेको आरोप लगाएका छन् ।
राष्ट्रपति जैयर बोल्सनोरोले वन क्षेत्रमा कृषि प्रोजेक्ट सञ्चालन गरेर आर्थिक उपलब्धि गर्ने कुरा अघि सारेका थिए । सोही कारणले राष्ट्रपतिकै उक्साहटमा मानिसहरुले वनफडानीको सजिलो तरिका आगजनी गर्दै काम अघि सारेको र आगलागी भयावह बन्दै गएको विभिन्न संगठनहरू, अभियन्ताहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनाइरहेका छन् ।
बोल्सनोरो राष्ट्रपतिका लागि उम्मेदवार भएका बेला उनले अमेजनको आर्थिक सम्भावनाको अन्वेषण गरेर अर्थव्यवस्था पुनर्स्थापित गर्ने बताएका थिए । कतिपया गैर-सरकारी संगठनहरूले अमेजनको संकटपुर्ण अवस्थााबारे ब्राजिलियन याे कदमप्रति निकै आपत्ति जनाएका छन् ।
तर ब्राजिलका राष्ट्रपति बोल्सनोरोले यो सबै कुरा झुटो भएको बताएका छन् । उनले आगलागीको कुरा ९५ प्रतिशत मात्रै साँचो रहेको र बाँकी ५ प्रतिशत सामाजिक सञ्जालले उचालेको बताएका छन् । उनले लाइटिनिंग (चट्यांग)का कारण आगलागी भएको र यसमा अनावश्यक राजनीति गर्न थालिएकाे समेत उनले उल्लेख गरेका छन् ।

त्यहाँका मानिसहरुकाे रवैयाका कारण नै प्रत्येक वर्ष यो जंगल विनाशको क्रम जारी छ । गत जुलाई २ मा बीबीसीमा आएको एक रिपोर्टले सोताका प्रति मिनेट एक फुटबल मैदान बराबरका हिसाबले अमेजन जंगल विनाश भइरहेको जनाएको थियो । केही दशकमै याे जंगल तीव्र विनाशकाे चपेटामा परेकाे विभिन्न अध्ययनले देखाएकाे छ ।
दिउँसै शहर अँध्यारो
आगलागीका कारण अमेजन जंगल आसपासका शहरहरु धुवाँले ढाकिएर दिउँसै अँध्यारा भएका छन् । गत सोमबारका दिन ब्राजिलको अमेजनस र रोन्डोनिया राज्यहरूमा फैलिरहेको भीषण डढेलाेको धुँवा करिब २७ सय किलोमिटर टाढा रहेको शहर साओ पाउलोमा समेत पुगेपछि पुरै शहर करिब एक घण्टाजतिका लागि अँध्यारो भएकाे थियो ।

त्यहाँका एक स्थानीयले पानी परेको दिन, बादल लागेको दिनभन्दा पनि डरलाग्दो किसिमले अँध्योरो भएको बताएका थिए । ती स्थानीयले सोमबारको दिन नै रातमा परिणत भए जस्तै अवस्था सिर्जना भएको बताएका थिए ।

कतिपय मानिसहरुले ट्विटरमा ब्राजिलका राष्ट्रपतिको ट्विट रिप्लाई गर्दै उनले यसबारे कुनै वास्ता नराखेको आरोप लगाएका छन् ।
फ्रान्सेली राष्ट्रपतिकाे चिन्ता
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्विटरमा मार्फत ट्विट गर्दै २० प्रतिशत अक्सिजन दिने अमेजन संकमा रहेको छ प्रति चिन्ता जाहेर गरेका छन् । ‘यो विश्व संकट हो’ भन्दै उनले वेलैमा समाधान खाेज्न तुरुन्तै आपतकालीन वार्ता एवं छलफल गर्नपर्ने उल्लेख गरेका छन् ।
उता युरोपेली आयोगले पनि यसबारे चासाे राखेकाे देखिन्छ । ‘अमेजन वन हाम्रो फोक्सो बराबर हाे,’ आयाेगले निकालेकाे विज्ञप्तीमा भनिएकाे छ, ‘अहिले हाम्रो फोक्सो जलिरहेको छ । यसको नियन्त्रणका लागि तत्काल कदम चाल्नु जरुरी छ ।’ उसले बिहीबार मात्रै अमेजनप्रतिकाे चिन्तासहित एक विज्ञप्ती निकालेको थियो ।
अमेजनको महत्व के/कति ?
अमेजन विश्वकै ठुलो जंगल हो । यसको पुरै खोज-अनुसन्धान अझैै हुन सकेको छैन । यो जंगलमा रहेका अर्बाैँ बनपस्पतिहरुले सयौँ, हजारौँ वर्षदेखि विशाल मात्रामा कार्बन्डाइअक्साइड सञ्चित अवथा सोसेर राखेका छन् । र, पर्यावरणमा उत्तिकै मात्रा अक्सिजन आपूर्ति गरिरहेकाे छ ।
यहाँकाे जंगलमा पाइने सदावहार प्रजातिका रुखका हरिया पातहरुले प्रत्येक वर्ष ठूलो मात्रामा कार्बनडाइअक्साइड सोस्ने गर्छन् । नभए उक्त कार्बनडाइअक्साइड वायुमण्डलमा मिसिएर पृथ्वीको तापक्रम बढ्ने सम्भावना बढी हुन्छ ।

हालैको एक अनुसन्धानले अमेजन जंगलले करिब ७ देशबाट विभिन्न किसिमका इन्धनहरुबाट निस्कने हानिकारक ग्यास कार्बनडाइअक्साइडलाई भित्र तानेको देखिएको थियो । अर्थात् सो मात्राको हानिकारक ग्याँस जंगलका बोट-बिरुवाहरुले सोसेर वायुमण्डलमा मिसिनबाट जोगाएकाे पाइन्छ ।

त्यस्तै यो जंगल पृथ्वीमा रहेका सबै जनावर र बोटविरुवामध्ये १० प्रतिशतको वासस्थान रहेकाे बताइन्छ । जैविक विविधताका कारण समेत महत्वपुर्ण रहेको यो जंगलकाे आसपासमा लाखौँ मानिहरु बस्छन् । जसकाे जीविकाेपार्जनकाे स्राेत पनि याे रहिआएकाे छ ।

(एजेन्सीहरूकाे सहयाेगमा) Source: News24nepal.tv