इन्डोनेसियमा अलपत्र म्याग्दीकी मुना खत्री शनिबार राती नेपाल फर्किदै

इन्डोनेसियामा अलपत्र परेकी म्याग्दीकी एक यूवती शनिबार नेपालतर्फ प्रस्थान गरेकी छन् । मानव तस्कर गिरोहले अष्ट्रेलिया जाने भन्दै इन्डोनेसियामा बन्धक बनाएकी बेनी नगरपालिका वडा नं ९ तोरिपानीकी मुना खत्री सहित ६ जना शनिबार राती करिव १० बजे नेपाल आइपुग्ने बताइएको छ । विगत सात महिनादेखि अलपत्र परेकी खत्री सहित अन्य नेपालीलाई दलालले बन्धक बनाएको घरबाट अध्यागमनमार्फत विभिन्न कानुनी प्रक्रिया पुरा गरी नेपाल फर्काइएको अभियानमा संलग्न चन्द्रकुमार केसीले बताए ।

‘एउटा ठूलो प्रयास सफल भएको छ,‘त्यहाँ रहेका नेपालीले ज्यानको जोखिम मोलेर यो कार्यमा सहयोग गर्नुभएको छ’ केसीले भने । उनका अनुसार अस्टेलिया लैजाने भन्दै इन्डोनेसिया पु¥याएर बन्धक बनाउने र त्यहाँबाट नेपालमा धम्की दिदैं पैसा असुल्ने गरिएको बताए । उनले नेपालबाट अर्को देश जाने भन्दै इन्डोनेसिया जाने नेपाली असुरक्षित भएको बताए । उनले अस्टेलिया पु¥याउने भन्दै नेपालीलाई फसाउने दलालहरूको ठूलो सञ्जाल समेत तोड्न सफल भएको बताए ।

उनले इन्डोनेयाली नागरिकलाई समेत नेपालमा अर्को टोली लैजान आएको अवस्थामा नियन्त्रणमा समेत लिइएको बताए । करिब एकबर्ष अगाडी घर छाडेर हिँडेका म्याग्दीकी खत्री सहित नेपालीलाई दलालले प्रहरीको समेत प्रयोग गरी यातना दिने गरेको पाइएको छ ।  इन्डोनेसियाको जकातास्थति इमिग्रेसनमा आवश्यक कागजात पुरा गर्न सन्जु सिंह, अनिश शाक्य लगाएतले सहयोग गरेका थिए । नेपालमा कानुनी प्रक्रिया सहित टिकट लगाएत विभिन्न खर्च जुटाउन सामाजिक अभियान्ता केसी र सन्तोष रावलले भूमिका खेलेका थिए । खाडी मुलुक हुदै पुगेका नेपालीलाई थप पैसा नल्याएको भन्दै मानसिक तथा शाररीक यातना समेत दिने गरिएको थियो । अलपत्र अवस्थाको समाचार बेनीअनलाइनले प्रकाशित गरेको थियो ।