म्याग्दी प्रवासी नेपाली संघ (मोना) न्युजिल्याण्डको दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मोना न्युजिल्याडको शुक्रबार भएको बैठकबाट गठन भएको कार्यसमितिको उपाध्यक्षहरुमा भरत घर्ती, बेल पुन श्रेष्ठ र सन्तोष थापा चयन हुनुभएको छ ।

सचिवमा हरि सापकोटा, कोषाध्यक्षमा सुमन कार्की, सहकोषाध्यक्षमा सत्यजंग थापा रहनुभएको छ । सदस्यहरुमा कुमार के.सी, ध्रुब थापा, अनिष पौडेल र देव थापा रहनुभएको छ । यो कार्यसमितिको कार्यकाल २०२१ सम्म रहने जनाइएको छ।मोना आइसीका अध्यक्ष चक्रबहादुर थापा, एनआरएनए न्युजील्याडका अध्यक्ष लालबहादुर केसी, पुर्व अध्यक्ष टिकाजंग थापा, मोनाका सहकोषाध्यक्ष लोकनाथ पौडेलको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।