युवराज कँडेलको गृह जिल्ला बागलुङमा पनि रबि लामिछाने र कँडेलको पक्षमा दैनिक प्रदर्शन भएको छ । पत्रकार शालिकराम पुडाशैनीको मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका पत्रकार लामिछाने र कँडेलको रिहाईको माग गर्दै बागलुङमा युवाहरुले स्वत स्फुर्त रुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा रबि लामिछाने र युवराज कँडेल निर्दोष रहेको तथ्य विभिन्न माध्यमबाट सार्वजनिक भएकाले रिहाई गर्नुपर्ने माग गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ घर रहेका कँडेल सिधा कुरा जनता संग कार्यक्रममा सुरुवाती चरण देखि नै काम गर्दै आएका छन् । युवाहरुले बागलुङ जिल्लाको शान युवराज कँडेल रहेको भन्दै सिमित व्यक्तिको स्वार्थका लागि उनीहरुलाई फसाउने काम भएको नाराबाजी गर्दै दबाबमुलक ¥याली निकालेका थिए । उनीहरुले ‘सरकार देखियो, न्याय देखिएन, अन्यायको विरुद्ध न्यायको लडाई’ भन्ने नाराका साथ सत्य र निश्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

सो अवसरमा बोल्ने सहभागीहरुले पछिल्लो समय भएका विभिन्न घटनामा प्रहरी, प्रशासनले देखाएको लापरवाहीले सरकार माथि नै गम्भिर प्रश्न खडा गरेको बताएका थिए । उनीहरुले दोषीलाई कारवाही गर्न र निर्दोषलाई रिहा गर्नुपर्ने बताएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आत्मा हत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले गत साउन ३० गते लामिछाने र कँडेललालई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । यस्तै बुर्तिबाङमा पनि युवाहरुले प्रदर्शन गरेका छन् । शिव बोहोरा

Leave a Reply