कागतीले खानेकुरालाई स्वादिष्ट बनाउने मात्र होइन, यसको स्वच्छ सुगन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । कागतीमा धेरैथरी एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल सामग्रीहरू उपलब्ध छन् ।आफ्नो ओच्छ्यानको छेउमा कागतीका टुक्रा राख्दा तपाईंलाई शारीरिक र मानसिक फाइदा हुन्छन् । रातभरि कोठामा कागती राख्दा रुघा र श्वासप्रश्वासको समस्या पनि निको हुन्छ । कागतीको टुक्रा अत्यन्त सकारात्मक र पुनर्ताजगी दिने खालको हुन्छ र यसले मानिसको जीवनमा परिवर्तन ल्याइदिन्छ ।

तनाव र डिप्रेसन छ भने यसले स्ट्रेसको स्तर घटाउँछ र जीवन सहज बनाउँछ । राम्रा रेस्टुराँहरूमा कागतीका रुख रोपिएका हुन्छन् जसले ग्राहकलाई आराम दिलाउँछन् । घर स्वच्छ राख्न तपाईं पनि कागतीको सुगन्धयुक्त स्प्रे छर्न सक्नुहुन्छ। छालाका कैयौं समस्यालाई कागतीका टुक्राले निको बनाइदिन्छ । विशेषगरी कुइनो र घुँडो जस्ता खस्रा भागमा कागती दल्दा गजब हुन्छ ।कागतीले नङ सेतो बनाउने, सास स्वच्छ राख्ने र गोडा मुलायम बनाउने काम गर्छ ।कागतीले बाथ, अपच र गठियाको समस्या पनि समाधान गर्छ ।

Leave a Reply