म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थायी घर भएका चिवतन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविनमा रहेका न्यूज २४ टेलिभिजनक रवि लामिछाने र यूवराज कँडेललाई हिरासतमा राखेर छानविन गरिरहेका छन् । दानबहादुरले यस घटनालाई निस्पक्ष रुपमा छानविन भइरहेको बताइरहेका छन् । उनले प्रहरीको हिरासतमा रहेका कोहीपनि असुरक्षित नहुने बताए । यसै सन्र्दभमा म्याग्दीबाट अमेरिकामा पुगेका टिकाकुमार पुनले पत्र पठाएका छन् ।

समस्या होइन यो अवसर हो तिम्रो लागि
कसैको खराब आदेशमा नझूक,नचूक ।
प्रिय दान भाई,
धेरै वर्ष भएछ प्रत्यक्ष भेट नभएको । कसैसँग छुट्टिएर फेरि नभेटिए सम्म पछिल्लो भेटको सम्झना नै दिमागमा खेल्ने रहेछ । सायद यहि कारणले होला आज सामाजिक संजालमा विभिन्न आरोप लगाउँदै तिमिलाई दानविकरण गर्दै गर्दा, शंकाले लंका जलाएर तिमिलाई खरानी पार्दै गर्दा पनि मेरो भित्री मनले भन्छ “अँ ह, यो मान्छे खराब हुनै सक्दैन “।

यतिबेला पनि मेरो मानस्पटलमा “धेरै नबोल्ने, अलि लजालु स्वभावको, कुनै छलकपट नजानेको तर हक्की, निडर र कसै सँग झुक्न नजान्ने, स्पाती अनुशासन भएको म्याग्दी राखु पिप्लेको एक उत्कृष्ट भलिबल खेलाडी उही दान मल्ल भाईको सम्झना घुमिरहेको छ । कुनै दिन तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहालको सुरक्षा इन्चार्जको जिम्मेवारी सम्हालेको आधारमा नै मान्छेहरुले तिमी प्रति बढी शँकाको नजरले हेरेको देखिन्छ । दुनियाँलाई थाहा छ त्यो काम तिमिले आफ्नो रहरले वा प्रचण्डको कुनै नजिकको नातेदारको कारणले गरेको होइन ।

प्रहरी संगठनमा अब्बल र एक उत्कृष्ट अधिकृत भएकै कारण अत्यन्तै संवेदनशील समयमा त्यो अत्यन्तै संवेदनशील जिम्मेवारी तिमिलाई नै दिइएको थियो जस्लाई कुशलता पुर्वक निर्वाह गर्ने काम गरेका थियौ ।झन्डै २१ वर्षको प्रहरी सेवामा धेरै उतार चढाव आए होलान् तर यो केस तिम्रो लागि एक प्रकारको अग्नि परीक्षा नै हो। विगतमा रवि को थिए त्यतातिर नजाउँ वर्तमानमा उनले साँच्चिकै राम्रो काम गरिरहेका छन् ।उनको कामले सबैभन्दा बढि समाजमा दुई नम्बरी काम गर्ने खराब मान्छेहरु चिढिएका छन् ।

रविलाई फसाउन थेग्नै नसक्ने दबाबहरु यतिबेला त्यो वर्गबाट आएकै होला । जिन्दगीमा आज सम्म नझुकेको तिम्रो शिर कोहि कसैको डर, धम्कि र दबाब सामु झुक्ने छैन र यो अग्नि परिक्षालाई पार गर्नेछौ भन्ने विश्वास छ हामीलाई । अन्तमा, रविले गल्ती नै गर्दैनन् भन्ने होइन तर यो ऋबकभ मा किन किन भित्री मनले भन्छ ’उनी निर्दोष छन् , यसैगरी कम्तिमा मेरो भित्री मनले भन्छ “प्रहरी उपरीक्षक दान बहादुर मल्ल नेपाल आमाको एक असल छोरा हो जस्ले आफ्नो शक्तिको दुरुपयोग गर्नै सक्तैन “ ….बस् यो केसमा मा तिमिलाई सफलता मिलोस् …शुभकामना दान भाई ।