म्याग्दीका शिव बरुवालले एनआरएनए आइसिसिको सचिव पदमा उम्मेदवारी घोषण गरेका छन् । एनआरएनए यूरोप संयोजक समेत रहेका बरुवालले आगामी अक्टोबर १५–१७ मा काठमाडौंमा हुने एनआरएनए आइसिसिको नबौ अन्तर्रािष्ट्रय महाधिवेशनमा अन्तर्रािष्ट्रय समन्वय परिषदको सचीव पदमा उम्मेद्बारी दिएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्थायी घरभई बेल्जियममा ब्यवसाय गदैं आइरहेका बरुवालले एनआरएनएको अभियानलाई थप प्रभावकारी बनाउन उम्मेदवारी दिएको बताएका छन् ।  युरोप सयोजकको हैसियतले २ बर्से कार्यकालमा यूरोपमा एनआरएनएको अभियानलाई प्रभावकारीसँगै लक्ष्य अनुसार नै कार्यकाल पुरा गरेका बरुवाल नेपाल सरकारबाट बेल्जियमका लागि पर्यटनदुतको समेत जिम्मेबारी सम्हालेका थिए ।

उनले यूरोपबाट नेपालको पर्यटन क्षेत्रका विकासमा खेल्न सक्ने भूमिकालाई थप शसक्त बनाउन समेत आफुँले उम्मेदवारी दिएको बताए । एनआरएनए बेल्जियमको स्थापनाकाल देखि सक्रिय रहेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य एनआरएनमा प्रवेश गरेका थिए । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७–२०१९ मा एन आरएनए युरोप संयोजकमा निर्वाचित भएका थिए ।

यूरोप संयोजकमा निर्वाचित भएपछि माल्टा, स्लोभाकिया जस्ता देशहरुमा एनआरएनको राष्ट्रिय समिती गठन गरेका थिए । युरोप क्षेत्रमा २८ वटा देशमा एन आरएनए संजाल बिस्तारमा उनको भूमिका छ । २०१८ मा लक्जम्बर्गमा र २०१९मा इटलीमा दुईवटा सफल युरोपियन भेला समेत गरेका छन् । विश्वभर रहेका म्याग्देलीको अभियानलाई प्रभावकारी बनाउन स्थापित मोना आइसीका संस्थापक महासचिव एवम् मोना बेल्जियमका संस्थापक अध्यक्ष समेत हुन् । एनआरएनए आइसिसिको सचिवमा उम्मेदवारी दिएसँगै बरुवाल अभियानमा जुटेका छन् ।

विज्ञापन