आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन् । एकजनाको घटनास्थलमै मृत्यु भएको छ । एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ।

प्रहरीले टिपर र चालकलाई गौशालाबाट नियन्त्रणमा लिएको छ। दुर्घटनापछि टिपरसहित गौशाला पुगेका चालक २८ वर्षीय सोनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचारका लागि केएमसी लगिएको हो । टिपरले हान्दा सडकबाट उछिट्टिएर टिनको बार बाहिर पुगेका एक जनाको भर्खरै उद्धार गरिएको छ । उनको अवस्थासमेत गम्भीर छ ।

विज्ञापन