रघुगंगा गाउँपालिकामा लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षतामा दश सदस्यिय विश्व हिन्दू महासंघ रघुगङ्गा गाउँपालिका कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उदाहुमारी मल्ल, सचिवमा दण्डपाणि सुवेदी, कोषाध्यक्षमा दुर्गा शाही र सदस्यहरुमा क्रमशः देवीप्रसाद सुवेदी, राजेन्द्र सुवेदी, भद्रकुमारी मल्ल, तिर्थलाल सुवेदी, खेमनाथ रिजाल र दामोदर रिजाल चयन हुनुभएको छ।

त्यसैगरि समितिको सल्लाहकार सदस्यहरुमा रुद्रप्रसाद रिजाल र खिमबहादुर मल्ल चयन हुनुभएको छ । पछिल्लो समय ‘आफ्नो धर्मको रक्षा गरौंँ, वन्धुत्व भाव जगाउँ’ भन्ने मूल अभिप्राय सहित नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेको बेला हिन्दू राष्ट्र निमार्णमा सहयोग पु–याउने उद्देस्यले समिति गठन गरिएको विश्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले बताउनु भयो ।

विश्व हिन्दू महासंघ विशुद्ध हिन्दूधर्ममा आस्था राख्नेहरुको समूह भएका कारण कुनै राजनैतिक पार्टी नभएको समेत जानकारी दिनुभयो । गठित कार्य समितिले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने गिरोहहरुको खोजि गरि सम्वन्धित निकायमा बुझाउने जस्ता कामहरु गर्ने गठित गर्ने छ ।

विश्व हिन्दू महासंघ युवा समिति म्याग्दीका अध्यक्ष विक्रम श्रेष्ठले ‘गरिविको फाइदा उठाई धर्म परिवर्तन गरे रोग निको हुन्छ भन्दै धर्म परिवर्तन गराउने गिरोहहरुको खोजि गरि तत्काल कारवाही गर्नुपर्ने’ धारणा राख्नुभयो ।कार्यक्रम विश्व हिन्दू महासंघ म्याग्दीका सदस्य अद्भूत बाबाको स्वागत, अध्यक्ष कृष्ण आचार्य ज्यूको अध्यक्षता र सचिव लोकनाथ भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।