महिलाहरूको महान पर्व तिजको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्रले म्याग्दी कारागारमा रहेका महिला कैदीबन्दीलाई दर खुवाएको छ। विभिन्न अपराधमा सजाय भोगिरहेका महिला कैदीबन्दीलाई तिजको अवसरमा शुभकामना आदानप्रदान सहित रचनात्मक क्रियाकलापमा प्रोत्साहन गर्न दरखाने कार्यक्रम आयोजना गरिएको केन्द्रकी अध्यक्ष विष्णु गुरूङले बताईन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, जेलर राजेन्द्र शर्मा लगाएतको उपस्थिती रहेको कार्यक्रममा कैन्दीबन्दीलाई जेल नभई सुधार केन्द्रमा राखिएकाले भविस्यमा समाजमा स्थापित हुने गतिविधिमा संलग्न हुन अनुरोध गरिएको थियो । कारागारभित्र विभिन्न स्वरोजगारमुलक गतिविधिमा समेत संलग्न भई आयआर्जन गर्न प्रजिअ ढकालले सुझाव दिए ।

कार्यक्रमको अवसरमा महिला कैदीबन्दीले चाडपर्वमा घरको याद आउने भएकाले पनि मनाउने अवसर मिलेकोमा धन्यवाद दिएको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव लक्ष्मण केसीले बताए । ८ जना कैदीबन्दीलाई दर खुवाइएको थियो । जेल जिवन बिताउन बाध्य भएका महिलाहरूसँग शुभकामना साटासाट गर्न र आत्मीयता बढाउन यस्ता कार्यक्रमलाई निरन्तता दिने केन्द्रले जनाएको छ ।

विज्ञापन