पर्वतबेनीमा अवस्थित न्यू होराईजन आवासिय माविमा सोमबार तारामण्डल प्रर्दशन गरिएको छ । पाठ्यपुस्तकसँगै ब्यवाहारिक ज्ञानलाई प्राथमिकता दिएको विद्यालयले खगोलिय प्रणालीको एक तारामण्डलका रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारामण्डल प्रर्दशन गरिएको हो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई खगोल शास्त्रका विज्ञानको खोजका बारेमा जानकारी दिइएको विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताए । ‘पाठ्यपुस्तकसँग जोडिएर प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिन्छौ,‘प्रर्दशनले विद्यार्थी उत्साहित भए’ पौडेलले भने । उनका अनुसार रोबर्ट सहित अन्य साम्रगाी निर्माणमा समेत विद्यार्थीलाई प्रोत्साहन गर्ने गरिएको अवस्थामा आकाशबाट देखिने सम्पूर्ण ताराहरूलाई नजिकबाट हेर्न सकिने, विभिन्न चित्र, संरचना र बनावटका बारेमा समेत जानकारी गराइएको थियो ।

इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले खगोल शास्त्रको अम्यास, सुर्यग्रहण, ताराग्रह छुट्याउने, दिनरात कुनै समय लामो कुनै समय छोटो किन हुन्छ भन्ने बारमो विद्यार्थी र शिक्षकलाई तारामण्डल देखाएका थिए । ३६० डिग्रि डिजिटल तारामण्डलको अवलोकन प्रयोगात्मक टेलिस्कोप, टेलिस्कोप निर्माण कक्ष, रकेट विज्ञान, रात्री आकाश अवलोकन, सुर्य अवलोकन, अन्तरिक्ष विज्ञानसहितको मनोरञ्जन विद्यार्थीलाई देखाइएको थियो । विद्यालयले केहीदिनमा भुकम्पका बारेमा समेत नियमित शिक्षा दिने तयारी गरेको छ ।

विज्ञापन