चितवन जिल्ला अदालतको आदेशपछि सञ्चारकर्मी रवि लामिछानेसहित तीनजना सोमबार रिहा भएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका हुन् । चितवन अदालतमा भएको थुनछेक बहसपछि सोमबार साँझ रवि लामिछानेलाई ५ लाख रुपैयाँ, युवराज कँडेललाई ३ लाख रुपैयाँ र कार्कीलाई साधारण तारेखमा रिहा गरिएको हो ।

रिहाई भए संगै समर्थकहरु खुसियाली साथ सडकमा रविको लागि ओर्लिएका छन् । चितवनको सडकमा जनसागर ओर्लिएका छन् भने रविले चौबिस कोठीमा सम्बोधन गर्ने पनि योजना छ । साथै रवि लामिछानेले आज फेसबुक लाइभमा मार्फत शुभचिन्तकलाई धन्यवाद पनि दिने भन्ने समाचार आएको छ ।

 

विज्ञापन