नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अमेरिकामा बस्ने म्याग्देलीले भव्यताका साथ मनाइएको छ । म्याग्दी समाज न्यूर्योक यूएसए महिला समुहद्धारा आयोजित कार्यक्रमको उद्घाटन गदै म्याग्दी समाज न्यूर्योकका अध्यक्ष भविन्द्र शेरपुञ्जाले तीजपर्वको महत्वलाई जर्गेना गर्ने गरी पर्व मनाउनुपर्ने बताए ।

उनले समाजमा आवद्ध भएका महिलाले मनाउने हरेक कार्यक्रम रचनात्मक र सन्देशमुलक हुने गरेको बताउँदै एकता र सहकार्यलाई थप बलियो बनाएको बताए । कार्यक्रममा सहभागीले यस्त कार्यक्रमले आफनो जन्मभूमि र माइतिको सम्झनालाई समेतलाई समेत मत्थर पार्ने बताएका थिए । रंगीचंगी सारी सजिएका म्याग्देली चेलीले विभिन्न कार्यक्रमसँगै धुमधामसँग नाचगान गरी मनाएका थिए ।

कार्यक्रममा महिला दिदीबहिनीले शुभकामना आदानप्रदान गरेका थिए । समाजकी अध्यक्ष कला केसीले तीज महिलाको पर्व भएकाले पनि माईतीको सम्झनालाई कम गर्ने गरी शुभकामना आदानप्रदान सहितको कार्यक्रम गरिएको बताईन् । कार्यक्रमको स्वागत देवी पाईजा र कार्यक्रम सञ्चालिका भिमा पुनले गरेकी थिईन् । शान्तिपूर्वक, खान पानका साथै नाच गान र रमाईलो गरी कार्यक्रम मनाइएको थियो ।

विज्ञापन