सुवास लामिछाने/ बरिष्ठ सञ्चारकर्मी रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की जिल्ला अदालत चितवनबाट रिहा भएको खुसियालीमा पर्बतमा दिप प्रज्वलन गरिएको छ ।

पर्वतमा रहेका नागरिक समाज, बिभिन्न संघ संस्था तथा सामाजिक अभियान्ताहरुले जनताको हिरो रवि भन्दै एक आपसमा खुसियाली साटासाट गरि दिप प्रज्वलन गरेका हुन । रविलाई चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले पाँच लाख धरौटीमा तारेखमा रिहा गरेसंगै पर्बतमा पनि खुसियाली साटासाट सुरु भएको छ ।पर्वतको लोकतान्त्रीक चोकमा भेला भई समर्थकहरुले खुसियाली मनाएका हन् ।

खुसियाली साटासाटको क्रममा बोल्दै सामाजिक अभियान्ता शिव परियारले निर्दोष मानिसहरुलाई ११ दिन सम्म हिरासतमा राखी अन्याय गरेकोमा आपत्ती जनाएका थिए ।उनले अपराधी शैलीमा टेलिभिजनको स्टुडियोबाट सञ्चारकर्मीलाई प्रहरीले लगि सरकारले प्रभावमा पारि ११ दिन सम्म थुनामा राखेको भन्दै विरोध समेत जनाएका थिए । त्यस्तै अभियान्ता शिशिर पौडेलले रवि रिहाई भएकोमा पर्बत बासि सबैमा खुसी छाएको भन्दै आगामि दिनमा अझै बढी जनताको लाकप्रिय बनेर देखाउन शुभकामना समेत दिएका छन्।