गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले लाईभ कन्सर्टबाट आपत्कालिन अक्षय कोषलाई ११ लाखभन्दा धेरै आर्थिक संकलन गरेको छ । जापानमा रहेका नेपालीको हकहित तथा संस्थागत, सामाजिक, मानवीय सेवामा सक्रिय एनआरएनएले आपतकालिन राहतकोष स्थापनार्थ ‘द यज ब्याण्ड’को उपस्थितीमा आयोजित कन्सर्टमार्फत आयब्यय सार्वजनिक गरेको राहत कोषको संयोजक सचिन श्रेष्ठले बताए ।

‘मानवीय सेवाका लागि कोष स्थापना गरिएको छ,‘सहयोगदातालाई धेरै धन्यवाद ज्ञापन गर्दछौ’ श्रेष्ठले भने । उनका अनुसार आपतकालिन कोषमार्फत जापानमा ज्यान गुमाएकाको दाहसंस्कार, उद्धार सहित जापानभित्र हुने विभिन्न कार्यक्रमसँगै जन्मभूमिमा समेत सहयोग गरिने बताए । कोषमार्फत जापानमा रहेका नेपालीलाई थप काम गर्न सहज हुने बताए । एनआरएनए जापानका कार्यसमिति सदस्य एवम् मोना जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार कुल २३ लाख ६० हजार १ सय जापानिज येन संकलन भएकोमा १२ लाख ५१ हजार ४६० खर्च भएर १० लाख ८ हजार ६४० येन बचत भएको बताए ।

बचतमा स्पोन्सरको केही रकम संकलन हुन बाँकी भएपनि कोषलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरे । एनआरएनए जापानको आसन्न अधिवेशनमा सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठले कोषलाई थप फराकिलो बनाउने प्रतिबद्धता समेत जनाएका छन् । जापानमा रहेका नेपाली यूवामा लोकप्रिय रहेका श्रेष्ठले यूवाहरुलाई एनआएनएमा सक्रिय बनाउने एजेण्डा सहित चूनावी मैदानमाछन् । यसैबीच आगामी अधिवेशनमा म्याग्दीका दिपक कार्की क्षेत्रीय उपाध्यक्ष र राम खड्का कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।