गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्रि आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योृगगुर रामदेवका मुख्य सहयोगी हुन् । नेपाल समाचारपत्रमा यो खबर छापिएको छ।  पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ।

आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वाथ्यमा सुधार देखिएको छ। पेडा खाएको केही समयपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो।आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।