दुईतिहाईको सरकारले नै महिलाको अधिकारलाई दवाउने प्रयास गरेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । नेकपाको सरकारको पालामा महिला हिंसाको घटनासँगै बलत्कारमा संलग्नलाई अघोषित रुपमा संरक्षण मिलेको भन्दै अधिकार मागेर हैन लडेर लिनुपर्ने बताएका थिए ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औँ स्मृति दिवसको अवसरमा नेपाल महिला संघ म्याग्दीले आयोजित कार्यकता भेला एवं प्रशिक्षण कार्यक्रममा संविधानमा महिलाको हक अधिकार सुनिश्चित गरिएपनि ब्यवहारमा नभएको अगुवाहरुको गुनासो थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं संविधान सभा सदस्य कमला पन्तले महिला अधिकारको सुनिश्चितताका लागि शसक्त आन्दोलनको आवश्यकता रहेको बताईन्। ‘महिलाको प्रतिनिधित्व आफ्नै पार्टीमा पनि खोज्नुपर्छ,‘सत्तापक्षको पार्टीमा बेहाल छ’ पन्तले भनिन् ।

उनले अधिकार खोजेर हैन लडेर लिनु पर्ने भन्दै सक्षमताका आधारमा राज्यका महत्वपूर्ण निकायमा महिला सहभागिताका लागि महिला संघको नेतृत्वमा आन्दोलनको आवश्यकता रहेको बताईन् । ‘कम्यूनिष्टहरुको पार्टीमा महिलाको प्रतिनिधित्व हराउँदै छ,‘कांग्रेसले महिलालाई अवसर दिन चुक्नुहुदैन्’ उनले भनिन् ।

नेपाली काँग्रसका म्याग्दी सभापती खम्बीर गर्बुजाले म्याग्दीमा महिलाको सक्रियतालाई पार्टीले प्राथमिकता दिएको बताए । ‘महिलाको सक्रियता राजनीतिमा आवश्यक छ,‘जिल्लामा सम्मानजक पदका लागि सधै तयार छौ’ गर्बुजाले भने । उनले पार्टीलाई जिल्ला, स्थानीय तह र वडास्तरसम्म बलियो बनाउने अभियानमा महिला अगुवाहरुले समेत नेतृत्व दिनुपर्ने बताए । सोही अवसरमा निर्वतमान सभापती तथा पूर्व साँसद रेशम बहादुर बानियाँले सरकारले अधिकार दिने भन्दा पनी बढी अधिकार खोस्ने काम गरिरहेको बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व राष्ट्रिय उपाध्यक्ष रिता खना, महिला संघकी पूर्व महासचिव शारदा पौडेल, नेपाल महिला संघ बाग्लुङकी अध्यक्ष शकुन्तला शर्मा, पर्वतकी सचिव मन लामिछानेले महिला राट्रपति भएको देशमा नै महिला पछाडी परेको गुनासो गरिन् । कार्यक्रममा बेनी नगरपालिका प्रमुख तथा पार्टी सचिव हरिकुमार श्रेष्ठ, उपभापती माधव प्रसाद रेग्मी लगाएले मतव्य राख्नुभएको थियो ।

कार्यक्रम महिला संघकी उपाअध्यक्ष उपाध्यक्ष निर्मला श्रेष्ठको स्वागत अध्यक्ष बिमला गौचनको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव सृजना श्रेष्ठले गर्नुभएको थियो । महिला संघले पशिक्षण कार्यक्रमको अवसरमा महिलाहरुकोलागी दर खाने कार्यक्रम पनी गरेको थियो ।