हिलाम्य सडकले बेनी–जोमसोमको यात्रा सकस (फोटो फिचर)

0
273

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण बेनी–जोमसोम–कोरला सडकमा यात्रा सकस भएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्रै सडकखण्डका दर्जन स्थानमा हिलाम्य भएपछि यात्रा जोखिमपूर्ण भएको हो । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको सडकखण्डको गलेश्वर पारी घुमाउने तालदेखि नै हिलाम्मे सडकका कारण सानाठुला सवारीसाधनमा आवतजावतमा समस्या भइरहेको यात्रुको भनाई छ ।

स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोग गरिएपछि बर्षाले हिलाम्मे हुदाँ सानाठुला सवारीसाधन हिलोमै घण्टौसम्म फस्ने गरेका छन्। सडकखण्डमा समान्य बर्षामा समेत हिलाम्य हुदाँ यात्रा कष्टकर बनेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।‘सडकको धरापले यात्रुलाई सास्ती छ,‘तत्काल मर्मतमा समेत डोजर आउँदैन’ उनले भने ।उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारीसाधन फस्दा घण्टौ जाम हुने गरेको बताए ।

अन्नपूर्ण गाउँपालिका–३ गुईठे, रुप्से झरना, खामभित्ताको द्धारीखोला, काभ्रेभिरमा धेरै समस्या भएको बताए । म्याग्दी खण्डमा हिलाम्मे र पहिरोले समस्या हुन थालेपछि तत्कालै मर्मत गर्न स्थानीयले समेत माग गरेका छन् । मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ । असारदेखि असोज महिनासम्म सडक अवरुद्धका कारण उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयसँगै पर्यटक र कृषिजन्य बस्तु र स्याउ ढुवानीमा समस्या हुने गरेको छ ।

Leave a Reply