श्रीकृष्ण भुषाल/भाद्र कृष्ण पक्षको अमावस्यलाई कुशे औंसी भनिन्छ । यस पर्वलाई बाबुको मुख हेर्ने दिन पनि भनिन्छ । यसैदिन मोतीराम जन्मजयन्ति पनि मनाइन्छ । यसवर्ष यस्तो पवित्र पर्व भाद्र १३ गते शुक्रबारका दिन परेको छ ।कुश तपाईं हाम्रो घर आँगनी वरिपरि पाइने एक प्रकारको घाँसको नाम हो । हिन्दूहरुका कुनैपनि पूजापाठ कुशविना सम्पन्न हुँदैनन् ।

यसलाई भगवान विष्णुको प्रतीकको रुपमा मानिन्छ । कुशे औंसी त हिन्दूहरुको जीवनशैलीमा धेरैनै महत्व बोकेको चाड पनि हो । यस पर्वलाई पितृऔंसी पनि भनिन्छ । यसदिनमा एकार्फ कुश भित्राउने चटारो पर्दछ भने अर्कोतर्फ सन्तानले आफ्ना बाबुको मुख हेर्ने चटारो पर्दछ । जीवित बाबुआमाको सेवा गरे कुनै ईश्वर पूज्न पर्दैन भनिन्छ । सेवलेनै बाबुआमाको ऋण तिर्न सकिन्छ ।

????????????????????????????????????

त्यसैले जीवित भइञ्जेल सेवा, सत्कार नगर्ने सन्तानले मरेपछि श्राद्ध गर्नुको कुनै औचित्य पनि रहदैन । यसैकारण पनि पितृ औंसीमा बाबुको मुख हेर्ने चलन रहेको हो । यसदिन टाढा रहेका सन्तानहरुपनि बाबुकै मुख हेर्नका लागि आफ्नो गक्षअनुसार उपहार लिएर बाबुलाई भेट्न आउँछन् । पिता नहुनेले नजिकको मन्दिर तथा नदीमा गएर शुद्ध मनले पिताको नाममा पिण्ड दान गर्दछन् ।आजकै दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको पनि १५४औं जन्मदिन हो ।
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
१९२३ साल, भाद्र २५ गते कुशै औंसीका दिन कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट काठमाडौको भोसीको टोलमा मोतीको जन्म भएको थियो । ६ वर्षकै कलिलो उमेरमा स÷परिवार भारतको बनारसतर्फ लागेका थिए । त्यहाँ उनले उर्दू साहित्यको गहन अध्यन गरे ।

नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासकालागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने उनी नभएको भए आदिकवि भानुभक्त त्यतिकै हराउँथे पनि भनिन्छ । साहित्यिक क्षेत्रमा मात्र नभएर उनी राष्ट्रियता र नेपाली हुनुमा गर्व गर्थे ।

साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरु सुनेको भरमा उनले आदिकविका फुटकर कविताहरू र अन्य कृतिहरुलाई उजागरगर्न अथक प्रयास गरे । ‘गोरखा भारतजीवन’लाई बनारसमै रहेर नेपाली भाषाको रुपमा पहिलो मासिक पत्रिका व्यवस्थापन तथा प्रकाशन गर्ने श्रेय भट्टलाई नै जान्छ । उनले मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा, शकुन्तला, प्रियःदर्शिका र पद्मावती लगायतका कृतिहरुपनि प्रकाशन गरे ।
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ ।
हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ ।
नेपाली भाषामा गजल लेख्ने काम यिनै गरेका हुन् । श्रृङ्गारिक धारमा गजल लेख्न मन पराउने मोतीरामका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । मोती जयन्तिको अवसरमा नेपाली साहित्यप्रेमी र साहित्यिक सङ्घसंस्थाहरु विभिन्न साहित्यिक कार्यक्रमहरु गरेर मोतीरामलाई स्मरण पनि गर्दछन् ।
ज्योतिष अनुसन्धान केन्द्र
क्याम्पसचोक बेनी म्याग्दी
सम्पर्कः ९८४७१३८७०६

Leave a Reply