बेनी नगरपालिका–३, भकिम्लीमा लिलाराम थापामगरको अध्यक्षतामा एघार सदस्यिय वडा स्तरीय विश्वहिन्दू महासङ्घ वाड समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा देउमाया थापा, सचिवमा फार्सराम सुवेदी, कोषाध्यक्षमा जमुना हुमेन क्षेत्री र सदस्यहरुमा तुलसीराम सापकोटा, सु. बलबहादुर थापामगर, काशिराम छन्त्याल, गुमादेवी सापकोटा, रुद्रदेवी छन्त्याल, महेन्द्रकुमारी थापा र वुलकुमारी घर्तीमगर चयन भएका छन् भने समितिको सल्लाहकारमा वलराम पौडेल र गुमादेवी सापकोटा चयन भएका छन् ।

हिन्दू महासङ्घ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले ‘धर्म परिवर्तन गरे शरिरमा लागेको जुनसुकै विमार समेत निको हुन्छ भन्दै स्वास्थ्य तथा आर्थिक प्रलोभन देखाएर धर्म परिवर्त गराउँदै हिँड्नेहरुबाट सतर्क रहन आग्रह गर्नु भयो ।

’ साथै उँहाले विश्व हिन्दू महासंघ विशुद्ध हिन्दूधर्ममा आस्था राख्नेहरुको समूह भएका कारण कुनै राजनैतिक पार्टी नभएको समेत जानकारी दिनुभयो । गठित कार्य समितिले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने गिरोहहरुको खोजि गरि सम्वन्धित निकायमा बुझाउने जस्ता कामहरु गर्ने गठित गर्ने छ ।

विश्व हिन्दू महासङ्घ युवा समिति म्याग्दीका अध्यक्ष विक्रम श्रेष्ठले ‘ललाईफकाई धर्म परिवर्तन गराउने गिरोहहरुको खोजि गरि तत्काल कारवाही गर्नुपर्ने’ धारणा राख्नुभयो । महासङ्घका उपाध्यक्ष दीर्घबहादुर बानियाँ, सदस्य अद्भूत बाबा, पं दण्डपाणि उपाध्याय, निर्वाचित अध्यक्ष तिलाराम थापामगर लगायतले मन्तब्य राख्नुभएको थियो ।विश्व हिन्दू महासंघ म्याग्दीका कोषध्यक्ष सुन्दर केसीको स्वागत, अध्यक्ष कृष्ण आचार्य ज्यूको अध्यक्षता र सचिव लोकनाथ भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।