गणेश श्रेष्ठ/गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनमा म्याग्दीका तीन यूवाले उम्मेदवारी दिएका छन् । जापानका विभिन्न क्षेत्रमा रहेका म्याग्देली यूवाले उम्मेदवारी दिएपछि म्याग्दीबाट जापानमा रहेका म्याग्देलीले जिताउने अभियान नै सञ्चालन गरेका छन् । मोना जापानका अध्यक्ष एवम् एनआरएनए नागोयाको संयोजक समेत रहेका दिपक कार्कीले क्षेत्रीय तर्फ केन्द्रिय उपाध्यक्ष पद, मोना जापानकै बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले सहकोषाध्यक्ष र मोना अन्तराष्ट्रियका कोषाध्यक्ष राम खड्काले सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिएका कार्कीले आफ्नै संयोजकत्वमा नेपाल फेस्टिबलको आयोजना समेत गरेका छन् । उनी नागोयाका सफल नेपाली ब्यवसायी हुन् । त्यस्तै सहकोषाध्यक्ष श्रेष्ठ यूवामाझ लोकप्रिय छन् । फुटबल खेलाडी एबम् एनआरएनएको अक्षय कोषको अभियानका संयोजक समेत रहेका श्रेष्ठले एनआरएनएमार्फत सामाजिक, खेलकुद सहित विभिन्न अभियानमा संलग्नता छन् । यता विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाका कोषाध्यक्ष खड्का समेत विभिन्न अभियानमा सक्रिय छन् । मनोनयन दर्ता गरेलगत्तै तीनजनाको पक्षमा अभियान सुरु भएको छ । सेक्टेम्बर ८ तारिकमा निर्वाचन हुदैछ ।