हिन्दु नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा उज्यालो बैकल्पिक विद्यालयले सञ्चालन गरेको तीज गित प्रतियोगितामा शिक्षाको महत्वलाई तीज गितमा उतारेका छन् । पूर्ण निरक्षर र सामान्य लेखपढ गर्न जान्ने आमाहरूले अध्ययन गर्ने विद्यालयको शिक्षादेखि बाल्यकालसम्मको विगत, बुढेशकालमा विद्यार्थी हुनुपर्ने बाध्यता लगाएत विभिन्न विषयमा गीतमार्फत आफ्ना पिर मर्का र बेदना सुनाएका थिए ।

मंगला आमा समुहको भवनमा आयोजित प्रतियोगितामा संगिता छिनाल, पानकुमारी पुनको समुह प्रथम,राधिका आचार्य, गंगा परियार, झग छन्त्याल समुह द्धितिय र लक्ष्मी सापकोटाले तृतिय स्थान हात पारेकी थिईन् । प्रतियोगितामा सलिना किसानले सान्त्वना र उत्कृष्ट नृत्यमा रणदेवी शेरचनललाई नगदले सम्मान गरिएको थियो ।

म्याग्दीमा तत्कालिन समयमा पढ्न नपाएर शिक्षबाट बन्चित भएका आमालाई लक्षित गरी सञ्चालन गरिएको विद्यालयले हरेक बर्ष रचनात्मक गतिविधि सञ्चालन गर्ने गरेको छ । विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययरत विद्यार्थीले श्रीमान, छोराछोरीको पढाई जस्तै उच्च शिक्षा प्राप्त योजना रहेको बताएका थिए । ‘छोराछोरी बराबरी भन्ने मात्रै थियो, अहिले छोरीले पछुताउनुपर्ने भयो’, ‘स्कुल जाने बेलामा बिहे गरी दिनुभयो म छोरीको बाबाले सराप लिनुभयो’ राधिकाको समुहले प्रस्तुत गरेको गितले सहभागीलाई भावुक बनाएको थियो ।

प्रतियोगितामा प्रथम १५ सय, द्धितिय १ हजार, तृतिय र सान्त्वना ५ सय नगद सहित विद्यालयका ब्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले गरेका थिए । कार्यक्रममा ब्यवस्थापन समितिका सचिव लोकेश पुनमगर, सदस्य विनय श्रेष्ठ, हरिकृष्ण गौतम, सन्दिप खत्री, खम थापामगर लगाएतको उपस्थिती रहेको थियो । राजेश शाक्यको अध्यक्षा, विद्यार्थीको तर्फबाट दिलकुमारी पुर्जाको स्वागत तथा शिक्षक सुजता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।