यहाँको एक आधारभुत विद्यालयमा शिक्षकको प्रयाप्त दरबन्दी जुटाउन आर्थिक समस्या भएपछि एक ब्यक्तिले सहयोग गरेका छन् । जिल्लाको मंगला गाउँपालिका–५ अर्मन किमचौरको विष्णु राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा ६–८ मा १ मात्रै दरबन्दी भएपनि निजी स्रोतबाट शिक्षक ब्यवस्थापन गर्न समस्या भएपछि समाजसेवी विरेन्द्र बुढाथोकीले दुईलाख सहयोग गरेका हुन् ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा निजी स्रोतका शिक्षकलाई तलब खुवाउनै धौ–धौ परेपछि पठनपाठनलाई सहज बनाउने आर्थिक सहयोग गरेको चन्दादाता बुढाथोकीले बताए । उनले दुर्गममा अवस्थित विद्यालयमा भौतिक संरचना भएपनि सरकारी दरबन्दीको अभावमा चन्दा संकलन गर्नुपर्ने अवस्थालाई केही राहत हुने गरी सहयोग गरेको बताए ।

चन्दादाता भुपु जिविस सभापति राम बहादुर बुढाथोकीका छोरा हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा विब्यस सदस्य खिरमति रोका, खिम बहादुर रोका, खर बहादुर रोका, धन बहादुर रोका, तिनचुले सामुदायिक बनका अध्यक्ष बुद्धिराम रोकाले विद्यालयको समस्याका बारेमा बोलेका थिए।  दरबन्दीको अभावमा विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरी चन्दा संकलन तथा स्थानीय समुदायबाट समेत आर्थिक जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था रहेको विद्यालयका प्रधानध्यापक गुप्त बहादुर रोकाले बताए ।

गुणस्तरीय शिक्षाका लागि शिक्षकको दरबन्दी प्रयाप्त हुनुपर्ने प्रअ रोकाको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष रविन्द्र फगामी, स्वागत शिक्षक रमेश बुढाथोकी र सञ्चालन सहायक प्रअ डिवी घर्तीले गरेका थिए।विद्यार्थी सङ्ख्या, व्यवस्थापन, शैक्षिक वातावरण, सिकाइ उपलब्धिमा सुधार हुँदै आए पनि विद्यालय आर्थिक समस्या झेल्न बाध्य भएको भन्दै थप आर्थिक सहयोगको अपिल गरिएको छ । सिजन रोका

विज्ञापन