क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा न्यू दोभान यूथ क्लवले आयोजना गरेको प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगिताको शुक्रबार क्वाटरफाईनलको खेल सकिएको छ । शुक्रबार सम्पन्न भएको खेलमा म्याग्दी एकेडेमी र लिटल गार्डेन एकेडेमीको खेल निर्धारित समयमा गोलरहित बराबारीमा सकिएपछि पेनाल्टी सुटआउटमा म्याग्दी एकेडेमीले ३ का विरुद्ध ५ गोल प्रहार गदैं सेमिफाइनलको यात्रा तय गरेको छ ।

अमरआर्दश मावि बागलुङले बुद्ध एकेडेमीलाई ०–१ गोल प्रहार गरेको छ । त्यस्तै माउण्ट एभरेष्ट आवासीय माविले बेनी सामुदायिक माविलाई सुन्य का विरुद्ध १ गोल प्रहार गदैं सेमिफाइनलमा प्रवेश गरेको क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए । उनका अनुसार सेमिफाइनलको अन्तिम खेलमा म्याग्दी बहुमुखी क्याम्पसले गलेश्वर आर्दश माविलाई पेनाल्टी सुटआउटमा २ का बिरुद्ध ४ गोल प्रहार गरेको थियो ।

शनिबार विहान हुने सेमिफाइनलको खेलमा माउण्ट एभरेष्ट र म्याग्दी एकेडेमी, अमर आर्दश र म्याग्दी बहुमुखी क्याम्पस बीच हुने छ । विहान १० बजेभित्र दुवै सेमिफाइलनको खेल सम्पन्न गरी दिउँसो ३ बजेदेखि फाइनल खेल सञ्चालन गरिने खेल संयोजक उपेन्द्र गिरीले बताए । प्रतियोगितामा म्याग्दीका ११ र बागलुङ र पर्वतका २ गरी १३ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको छ । File photo

विज्ञापन