हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस र स्ववियुले आयोजना गरेको अन्तरमाविस्तरीय तेस्रो तीज नृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम भएको भएको छ । प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस बि द्धितिय, प्रकाश माविले तृतिय, लिटल गार्डेन एकेडेमीले सान्त्वना स्थान हात पारेको विद्यार्थी उदय सुन्दासले जानकारी दिए ।

विद्यार्थीको प्रतिभा पहिचान तथा शुभकामना आदानप्रदानको उदेश्यले आयोजित प्रतियोगिताको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले शिक्षासँगै प्रतिभाको पहिचान, खेलकुद लगाएत अतिरिक्त क्रियाकलापलाई समेत संगसँगै लैजाने बताए । उनले म्याग्दी बहुमुखी क्याम्पसलाई नेपालको नमुना क्याम्पस बनाउने अभियानमा रहेको बताउँदै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताए । सोही अवसरमा क्याम्पस प्रमुख टिकराम सापकोटाले प्रतियोगिताले महिलाको पर्व तिजका मौलिक नृत्यसँगै आत्मियता बढाएको बताए ।

https://youtu.be/bHTI4nG7bxY

८ विद्यालयको सहभागिता रहेको थियो । स्ववियू कार्यवाहक सभापति इश्वर सुबेदीको अध्यक्षता, रेशम केसीको स्वागत र स्ववियू सचिव दर्पण रोकाले सञ्चालन गरेका थिए । तिजको अवसरमा जिल्लाका नीजि तथा सामुदायिक विद्यालयमा समेत विभिन्न रचनात्मक कार्यक्रम भइरहेका छन्। तिज भड्किलो भइरहेको अवस्थामा मौलिकतालाई जर्गेना गर्न चुुनौती भइरहेको अवस्थामा विद्यालयस्तरमा साना बालबालिकाले समेत चिन्ता ब्यक्त गरेका छन् ।

 

विज्ञापन