लक्ष्मीनारायण मन्दिर विकास समितिको छैटौं साधारण सभा तथा चौथो अधिवेशनबाट अंगत श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको सदस्यमा जयन्ती श्रेष्ठ, पुजाकुमारी श्रेष्ठ,देवी श्रेष्ठ, पद्मकुमारी श्रेष्ठ, सकुन्तला श्रेष्ठ, कल्पना श्रेष्ठ, अस्मिता श्रेष्ठ, र रन्तिजा श्रेष्ठ छन् । निर्वाचित सदस्यको पहिलो बैठकबाट जिम्मेबारी बाँडफाँड गरिने समितिलिे जनाएको छ। साधारणसभा तथा अधिवेशनको उदघाटन गदै बेनी नगरपाकिलाका मेयर हरिकुमार श्रेष्ठले पूराना मठमन्दिरको संरक्षणमा प्रतिबद्ध रहेको बताए ।

नगरपालिका भित्र रहेका एँतिहासिक मठमन्दिरको संरक्षणमा सरकारी निकायसँगै सबै सरोकारवालाबाट समेत सक्रियता देखाउनुपर्ने बताए । सोही अवसरमा वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल भाषा मंकाःखल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, मन्दिरका पूर्व अध्यक्ष प्रकाशकुमार श्रेष्ठले मन्तब्य राखेका थिए । २०३६ सालमा स्थापना भएको मन्दिर २०५३ सालमा संस्था दर्ता गरिएको थियो ।

मन्दिरको पूर्वाधार विस्तार, मर्मत सहित विभिन्न धार्मिक कार्य हुदै आएको छ । बेनीमा हुने विभिन्न धार्मिक कार्यमा बृद्धबृद्धा समेत भजनकृतमा सक्रिय हुने गरेका छन् । हरेक हप्ताको मंगलबार र शनिबार मन्दिरमा भजनकृतन हुने गरेको छ। बलगुप्तेश्वर महादेवको गुठी अन्तरगत म्याग्दी बहुमुखी क्याम्पस समेत रहेको थियो ।

स्थानीयको पहलमा गुठीबाटै क्याम्पसलाई उक्त जग्गा प्रदान गरिएको थियो । क्याम्पसलृ समान्य पूजाखर्च दिने गरेको छ भने मन्दिरको आन्तरिक आम्दानीबाटै सञ्चालन हुने गरेको स्थानीय अजयमिलन श्रेष्ठले बताए । बेनी नगरपालिका वडा नं ७ अन्तरगत लक्ष्मीनारायण, शिवालय, भगवती र महारानीथान मन्दिर एतिहाँसिक मन्दिर भएकाले मन्दिरको आन्तरिक आम्दानीबाटै पूजाआजा सहित विविध धार्मिक गतिविधि गर्ने गरिन्छ।