भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डल आफ्नो गला र कलाका कारण अहिले भाइरल बनिरहेकी छन ।हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ गीतमा स्वर दिएसँगै रानु अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् ।

लता मंगेशकर’ को उपाधि समेत पाएकी रानु भाइरल बने लगत्तै वर्षौ देखि अलपत्र आमालाई भेट्न उनकी छोरी आएकी छिन् ।भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमानको निधन भएपछि उनी रानाघाट रेलवे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी थिइन् उनी । उनको घर र बस्ने अवस्था थिएन ।अहिले आमाछोरीको अँगालो हालेको तस्बिर सञ्चार माध्यममा छापिएका छन् ।

छोरीका अनुसार उनले रानुलाई भेट्न धेरै प्रयास गरे पनि सम्पर्क गर्न सकिरहेकी थिइनन् । रानुको भिडियो भाइरल भएपछि बल्ल उनलाई फेला पारेको उनले बताई रहेकी छन ।उनले आफ्नो केही वर्ष पहिले सम्बन्ध विच्छेद भएको भन्दै आमाका बारेमा चिन्ता गर्न नपाएको संचार माध्ययमलाई बताई रहेकी छन । जानकारी अनुसार रानुले अब सलमान खानको दबंग ३ मा गीत गाउँने छिन् । nepalinsider.com