सञ्चारकर्मी रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा दर्ता भएको मानहानी मुद्दा खारेज भएको छ । जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सञ्चारकर्मी एवं ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमका प्रस्तोता रविविरुद्धको मुद्दा खारेज गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको बेला टेलिभिजनमार्फत बोल्ने–बोलाउने कार्य भएको भन्दै सञ्चारकर्मी रवि र डीएसपी अंगुर जिसीविरुद्ध दिलीप सिंह विष्टका दाइ खड्गसिंहले मुद्दा हालेका थिए ।उजुरीमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश बास्तोलाको इजलासले मुद्दा खारेज गरेको हो ।