बेनी नगरपालिका–१ रत्नेचौरमा दुई समूहबीच भएको ‘ग्याङ् फाइट’ का क्रममा पाँचजना यूवा घाईते भएका छन् । रत्नेचौर यूवा क्लवले आयोजना गरेको दोस्रो बृहत तिज मेलामा पुगेका बागलुङका युवकहरुबीच सोमबार बेलुका खेलकुद मैदान बाहिर भडप भएको जनाइएको छ ।

दुवै समुह बागलुङबाट मेला हेर्द आएको अवस्थामा खेलकुद मैदान बाहिर चक्कु, खुकुरी सहित धारिलो हतियारको प्रयोग गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले धारिलो सहित ३ जना यूवालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसार मरासिनीले बेनीअनलाइनलाई बताए ।उनका अनुसार घाईते पाँचजनाको बागलुङमा उपचार भइरहेको छ । घाईतेको शरीरका विभिन्न भागका चोट लागेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाईतेको अवस्थाका बारेमा बुझ्ने प्रयास भएपछि योजनाबद्ध तरिकाले दुवै समुह आएको देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको छ । बागलुङमा विगतमा समेत ‘ग्याङ् फाइट’ हुने गरेको थियो । घटनास्थलबाट प्रहरीले थप अनुसन्धानका लागि केही यूवालाई सोधपुछ गरेको थियो । खेलकुद प्रतियोगिता समापनसँगै सांस्कृतिक कार्यक्रमको क्रममा झडप भएपछि मैदान बाहिर रहेका दर्शक समेत भागाभाग गरेका थिए । घटनामा संलग्न थप यूवाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन