बेनी नगरपालिका–१ रत्नेचौरमा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । बर्थिङ सेन्टरको प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले उद्घाटन गदै म्याग्दी जिल्लाभित्र घरभित्रको प्रसुती सेवाको अन्त्य गदैं सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागि सबै वडाका स्वास्थ्य चौकीमा मापदण्ड सहितको बर्थिङ सेन्टरको स्थापनाका लागि पहल गर्ने बताए । ‘जनताको सुरक्षका लागि सरकार प्रतिबद्ध छ,‘प्रभावकारी रुपमा सञ्चालन गर्नुहोला’ थापाले भने ।

जिल्लाका ग्रामिण क्षेत्रमा घरमै जोखिम मोलेर सुत्केरी गराउने र जटिल समस्या भएमात्रै स्वास्थ्य चौकी लैजाने अवस्थको अन्त्य गर्नुपर्ने बताए । रत्नेचौरमा बर्थिङ सेन्टर नहुदाँ छिमेकी जिल्ला बागलुङमा लैजाने गरिन्छ । सदरमुकाम बेनीभन्दा रत्नेचौर, अर्जम लगाएत ज्यामरुककोटबाट प्रसुती सेवाका लागि बागलुङ जाने गरिएको अवस्थामा बर्थिङ सेन्टरको स्थापना भएपछि सहज भएको वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रावलले बताए ।

उनले स्वास्थ्य चौकीले आवश्यक सम्पूर्ण मापदण्ड पुरा गरेको बताए । बर्थिङ सेन्टरको स्थापना भएसंगै कानुनले तोके अनुसार सुरक्षित गर्भपतन सेवा लिन समेत सहज भएको छ । उद्घाटन कार्यक्रममा नेकपाका तर्फबाट सन्तोष रावल, नेपाली कांग्रेसका नेत्रबहादुर महत सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, आमा समुह लगाएतको उपस्थिती रहेको थियो ।

विज्ञापन