म्याग्दीको धौलागिरि गाउँपालिका– ७ धारापानी स्थायी घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ बस्ने ७० वर्षीया दिलमती रानाको शव बेवारिसे अवस्थामा भेटिएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ्ग स्थित मिलनचोक नजिकै कालीगण्डकी किनारमा एक ज्येष्ठ नागरिकको शव फेला परेको हो ।

कालीगण्डकी किनारमा वेवारिसे अवस्थामा भेटिएको शब आफन्तहरु सम्पर्कमा आएपछि पहिचान भएको हो । उक्त शब पोष्टमार्टमका लागि अहिले जिल्ला अस्ताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो । भदौ १० गतेदेखि घरबाट सम्पर्क विहीन बन्नु भएकी जेष्ठ नागरिक रानाको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

विज्ञापन