गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डको महासचिव र यूवा संयोजकमा म्याग्देली विजय भएका छन् । एनआरएनए पोल्याण्डको पाँचौ अधिवेशनबाट धौलागिरी गाउँपालिका–७ ताकमका कविन्द्र सुबेदी महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै बेनी नगरपालिका–२ भकुण्डेका भिम परियार यूवा संयोजकमा निर्वाचित भएका छन्।

अधिवेशनबाट पर्वत घरभई हाल बेनी न्यूरोडमा बस्ने शुसन परियार सचिव, बागलुङका जीवन केसी बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको यूवा संयोजक परियारले बताए ।उनका अनुसार एनआरएनए नयाँ अनुभव भएकाले पनि आफ्नो क्षमता अनुसार कार्यसम्पदान गदैं पोल्याण्डमा रहेका नेपालीको हकहितमा काम गर्ने बताए । पछिल्लो समय रोजगारको गन्तब्य बनिरहेको पोल्याण्डमा नेपालीहरुको गतिविधिसँगै आफ्नो क्षमताले भ्याएसम्म नेपालमा समेत विभिन्न कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष नरेश सापकोटाले बताए ।

विज्ञापन