जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको ४० मेगावाटको रहुघाट जलविधुत अयोजनाको जीप दुर्घटना हुदाँ सिभिल इन्जिनियर सहित चार मजदुर घाईते भएका छन । आयोजनाको पिप्ले वरखर्धबाट अडिट दुईबाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जीप सडकदेखी तल खसेको थियो ।

दुर्घटनामा आयोजनाका सिभिल इन्जिनियर काठमाण्डौ महानगरपालिका–२४ का शैलेश शाक्य, रुपन्देही बुटवलका बुद्धिसागर न्यौपाने, रामेछापका विसन घिसिङ र जीप चालक मंगला गाउँपालिका– ५ अर्मन म्याग्दीका ओमबहादुर पुन घाईते भएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मसरासिनीले बताए ।

‘तीनजनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाइएको छ,‘एकजनाको अवस्था गम्भीर छ’ मरासिनीले भने। उनका अनुसार काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भइरहेका न्यौपानेको अवस्था गम्भीर छन भने घिसिङ र पुनको अवस्था खरतामुक्त रहेको छ । इन्जिनियर शाक्यको बेनी अस्पतालमै उपचार भइरहेको छ।

आयोजनाको ठेकदार भारतिय कम्पनी जयप्रसाद (जेपी) एशोसिएटस्सँग आवद्ध रहेका घाईतेलाई थप उपचारका लागि गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले तत्कालै हेलिकप्टर मगाएका थिए । ठेकेदार कम्पनीका प्रतिनिधिले घाईतेको अवस्था गम्भीर रहेको बताएपछि तत्कालै अध्यक्ष भण्डारीले ब्यवस्था मिलाएका थिए । दुर्घटनास्थल नजिक रहेका गाउँपालिका अध्यक्षको पहलमा तत्कालै उद्धार भएको प्रहरीले जनाएको छ । Photo: Rakesh sharma