एक जना नेपाली बालक, जो ११ वर्षदेखि भारतको नयाँदिल्लीमा रहेको बाल गृहमा बस्न बाध्य भएका छन् । आफ्नो परिवारसँग विछोड भएको ११ बर्ष भयो, उनलाई आफू कसरी त्यहाँ पुगे भन्ने स्मरण छैन । २००७ मा भारतको त्रिलोकपुरस्थित एक मन्दिरमा भेटिएको अनिलले आफ्नो बुवाको नाम प्रकाश र आमाको नाम मनसरा बताउछन् । खासमा आफ्नो नाम थर के हो उनलाई थाहा छैन ।

६ वर्षीय अनिल भारत कसरी पुगे भन्नेबारे भने केही ज्ञान छैन, तर उनी आफू रेलमा चडेर आएको बताउँछन् । उनका २ जना दाई र १ दिदी भएको बताउछन् । आफ्नो घर र थर थाहा नभएका अनिलले आफ्नो घरको तल्लो भुँईतलामा गाई पाल्ने गोठ रहेको सम्झन्छन् । उनी हिँड्ने समयमा खेतभरी मकै थियो, खेतहरु टारी प्रकृतिका थिए, घरको नजिकै ठूलो रुख समेत थियो । त्यो बाहेक घरको बारेमा उनलाई केही थाहा छैन ।

अहिले १८ वर्ष पुगेका अनिल नेपाली बोल्न पनि बिर्सन थाले । दिल्ली पुलिसले अनिललाई भेटेपछि पटक–पटक भारतका लागि नेपाली दुतावासलाई जानकारी गरायो, तर उद्दारमा कुनै चासो नदिएपछि झन्डै ११ बर्षपछि मात्रै उनी केआई नेपाल नामक संस्थाको सम्पर्कमा आए । दिल्लीको बालकल्याण समिति र केआई नेपालको सहयोगमा उनी अहिले दिल्लीकै अलिपुरमा कक्षा ११ मा पढिरहेका छन् ।उनको सबै खर्च भारत सरकारले गरिरहेको छ । उनी कसका छोरा हुन् ? घर कहाँ हो ? उनलाई जन्म दिने आमा–बाबु कस्ता होलान्, यी प्रश्नले उनलाई सँधै सताइरहन्छ । News24nepal.tv