नेपाल सरकारले प्रेसमाथिको आक्रमण सुुरु गरेको पछिल्ला केही घटनाले पुष्टी गरेको छ । जसमध्ये पछिल्लो समय कास्कीका क्रियाशिल पत्रकार ओम हमाललाई कास्कीको लेखनाथ खुदीबाट केही दिन अगाडि प्रहरीले पक्राउ गरेको थियो । नेत्रबिक्रम चन्द (बिप्लब) समूहका कास्की र स्याङ्जा जिल्ला इन्चार्ज कृष्ण वाग्लेसँग अन्र्तवार्ता लिने क्रममा प्रहरीले पक्राउ गरेको हमालको भनाइ रहेको छ ।

उनी रिपोर्टिङका लागि सो स्थानमा पुगेको र कुराकानी गर्दागर्दै आफूलाई प्रहरीले पेस्तोल देखाएपछि डरले भाग्दा पक्राउ गरेको पनि हमालले बताएका छन् । प्रहरीले भने हमाल र बिप्लब समूहका इन्चार्जसहित केही ब्यक्तिहरुसँगै रहेको र पार्टीको काम गरिरहेको भन्ने आशंकामा पक्राउ गरेको जनाएको छ ।

प्रहरीलाई देखेपछि भागेका कारण उनी पनि बिप्लब निकट हुनसक्ने भन्दै हिरासतमा लिएको प्रहरीले जनाएको छ । पत्रकार हमाललाई प्रहरीले आवश्यक अनुसन्धान भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको र त्यहाँ रहँदा हत्कडी लगाएकोप्रति विभिन्न सरोकारवालाहरुले प्रहरीको ज्यादतिप्रति बिरोध जनाएका छन् ।

हमाल पक्राउ परेसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । पत्रकारलाई बिना पक्राउ पूर्जि पक्राउ गरिएको, पक्राउ परे लगत्तै म्याद थप गरिएको, हत्कडी लगाइएको र झुटा मुद्धामा फसाउन खोजिएको भन्दै सर्वत्र बिरोध भइरहेको छ । news24nepal.tv

विज्ञापन