काठमाडौंको कपनमा मंगलबार राति ९ बजेतिर ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेको प्रहरीले जनाएको छ। कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्। दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाट पक्राउ गरिएका प्रहरीले जनाएको छ ।