बागलुङ नगरपालिका–२ ओमशान्ति चोक स्थित निर्माणाधिन घरको छटबाट खसेर एक बालक घाईते भएका छन् ।  बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा घर भई हल्लनचोक स्थित डेरा गरी बस्ने भरत यादवको १३ वर्षिय छोरा शुसिल यादव निर्माणधिन घरको तीन तलामाथि बाट खस्दा गम्भिर घाईते भएका हुन ।

छतमा खेल्दै गरेका यादव खस्दा बिजुलीको तारमा परेका थिए । बिजुलीको नाङ्गगो तार हुँदै भुँईमा पछारिएका यादवलाई उपचारको लागि पोखरा लगिएको छ । करेन्ट र पछारिएको चोटले गर्दा अवस्था गम्भिर रहेको प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । घाइते यादवको दुवै हात, खुट्टा र टाउकोमा गम्भिर चोट लागेको छ ।

Leave a Reply