होटलबाट ल्याइएकी केविना पाईजा खेलकुदमा चम्किदै

मंगला गाउँपालिका–१ थाईवाङमा सिंगो गाउँमा एक्लो घर छ । त्यही घरमा धनप्रसाद पाईजाको सानो परिवार बस्थ्यो । परिवारलाई मजदुरी गरेरै गुजरा चलाउँदै आएका धनप्रसादलाई श्रीमति मुनको राम्रो साथ थियो । चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खान समेत दिन नसकेको पीरले धनप्रसादले गाउँ नजिकै रुखमा झुन्डिएर आत्महत्या गरेपछि परिवारको विचल्mली भयो ।श्रीमानको कमाईमा आश्रित परिवार धेरै रात भोकभोकै बस्न बाध्य भयो ।

मानसिक कमजोरीका कारण धनप्रसादले आत्महत्या गरेको केहीबर्षर्म मनुले छोराछोरीसँगै बेनी आएर दोस्रो विवाह गरिन् ।पूर्वेलीसँग विवाह गरेसँगै केविनालाई छोड्न श्रीमानले दवाव दिएपछि छिमेकीको सहयोगमा पर्यटीयस्थल घोरेपानी जोन स्थान चित्रेका एक होटल ब्यवसायीले पाल्ने जिम्मा लिए । आमाबुबाको काखमै हुर्किने अवस्थामा केविनाले विहान–बेलुकी घरायसी काम, दिउँसो विद्यालयमा जान्थिन् ।

होटलमा काम गर्ने भएपनि मालिकबाट त्यती धेरै तनाव नभएपछि उनको थाईवाङमा बस्ने दाई गौप्रसादसँग करिव तीनबर्षदेखि सम्पर्कविच्छेद जस्तै थियो ।होटलमा काम गरी विद्यालयमा जाने गरेकी केविनाको पडाईमा खासै ध्यान दिने समय हुने थिएन् । विद्यालयमा थोरै विद्यार्थी, नचिनेको ठाउँमा हुर्किइरहेकी केविनालाई गौप्रसादको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित भएपछि दाजुभाईको भेट भयो । २०७२ सालको मंसिर महिनामा होटल मालिकसहित प्रहरीमा उपस्थिती हुदाँ उनलाई दुईवटा विकल्प थियो र पुरानै अवस्थामा होटलमा फर्किने र दाईसँगै गाउँमा पढ्ने ।

तर, केविनाले केहीबेर दाई गौप्रसादसँगको कुराकानीमा गाउँमै फर्किने निर्णय गरेपनि परोपकारी ब्यक्तित्व चन्द्रकुमार केसीले २०७२ साल मंसिर ७ गते आफ्नो विद्यालयमा आवासिय सुविधा सहित निशुल्क माध्यामिक तहसम्मको जिम्मा लिएर भर्ना गरे ।होटलबाट उद्धार गरिएकी केविनाले हरेकबर्ष विद्यालयका शैक्षिक निर्देशक राजु केसीको परिवाससँगै दशैंतिहार मनाउँछिन् ।समान्य अवस्थामा विद्यालयमा प्रवेश गरेकी केविना शैक्षिक, अतिरिक्त क्रियाकलापसँगै खेलकुदमा समेत अब्बल छिन् ।

छात्रा फुटबलकी फवार्ड, चित्रकलामा उत्कृष्ट

विद्यालयमा कक्षा ६ मा अध्ययरत केविनाले न्यु दोभान युथ क्लबको प्रथम अन्तर माविस्तरीय खुल्ला नाइन–‘ए’ छात्रा फुटबल प्रतियोगितामा माउण्ट एभरेष्टलाई उपाधी जिताउन निर्णायक भूमिकाख खेलिन् । फुटबलमा गोलरक्षक बाहेक अन्य सबै पोसिजनमा उत्कृष्ट पाईजाले प्राथमिक तह फुटबल प्रतियोगितामा क्याप्टेनको भूमिकामा मैदानमा उत्रिएर उपाधी समेत जिताईन् । हरेक खेलमा उत्कृष्ट प्रर्दशन गदैं आएकी पाईजाले अन्तरमावि छात्रा फुटलब २०७५ र २०७६ मा विद्यालयलाई उपाधी जिताउन उत्कृष्ट खेल प्रर्दशन गरेकी थिईन् ।

मिडफिल्डर र फवार्डमा उत्कृष्ट खेलकै कारण विद्यालयले उनलाई खेलकुद प्रतियोगितामा अवसर दिने गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत ३ हजार मिटर दौडमा कास्य, हाइजम, लम्जम, रनिङ सहित राम्रो अक्षर लखाई प्रतियोगिता लगाएत विभिन्न विधामा उत्कृष्ट रहेको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए । ‘होटलबाट ल्याइएकी एक बालिका हरेक विधामा उत्कृष्ट छिन्’ केसीले भने ।

उनले विद्यालयले आवासिय सहित सम्पूर्ण खर्चको जिम्मा सहित अपनत्व ग्रहण गरेकी विद्यार्थीबाट प्राप्त सफलताले उत्साहित भएको बताए । केविना खेलकुदमा प्रदेश तथा केन्द्रसम्म पुग्ने सम्भावना रहेको बताए । विद्यालयले उनलाई खेलकुद सहित शिक्षामा समेत विषय अवसर दिने गरेको छ । यता गाउँकै थाईवाङ आधारभुत विद्यालयमा कक्षा ८ मा अध्ययरत गौप्रसाद पाईजाले समेत शिक्षासँगै खेलकुदमा निकै राम्रो प्रगति गरेको विद्यालयकी प्रधानध्यापक देवी पुर्जाले बताईन् । उनले विद्यालयबाट विभिन्न गाउँमा हुने खेलकुद प्रतियोगितामा समेत सहभागि हुने गरेका छन् ।