७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल आरोणको अभियानमा रहेका निर्मल पूर्जा विश्व किर्तिमानको नजिक पुगेका छन् । उत्तरी म्याग्दीको दाना स्थायी घर भएका पूर्जाले नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए । लगत्तै धवलागिरी गाउँपालिका–४ मुदीमा पर्ने विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण गरेका पूर्जाले हालसम्म ११ वटा हिमालको आरोहण गरेको निर्मलका दाजु कमलबहादुर पूर्जाले बेनीअनलाइनलाई बताए ।

‘अहिले आर्थिक संकलन अभियानमै केन्द्रित छ,‘अन्तिम चरणको आरोहणको तयारी भइरहेको छ’ उनले भने । आर्थिक संकलनका लागि यूकेमा विभिन्न च्यारेटी सहितको कार्यक्रम सम्पन्न गरी नेपाल फर्किएका पूर्जाले भिषा प्रक्रिया सहित केही कागजी प्रक्रियामा समेत समय दिनुपरेको बताए । म्याग्दीका दुईवटा हिमाल सहित सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो रहेका छन् ।  यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । आरोहण गर्न बाँकी नेपालको मनास्लु रहेको छ भने च्होया र शिशापमा चिनको तिब्वतमा छन् ।

सन् २०१९ को अन्तिम सम्म पूर्जाको मिसन पुरा गर्ने लक्ष्य राखेका छन्। बेलायती सेनामा हिम चितुवाको नामले चिनिने पूर्जा आफ्नै जन्मभूमीमा रहेको विश्वकै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण गर्ने पहिलो म्याग्देलीको रेकर्ड समेत कायम गरेका छन् । सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरी हिमालको आरोहण गरेयता खुल्ला गरिएको आरोहणमा पहिलो भएपनि त्यसयता कुनैपनि म्याग्देलीले आरोहणको प्रयास गरेका थिएनन् ।

विश्व किर्तिमानी कायम गर्न बेलायती सेनाको आर्कषक जागिर समेत छोडेका थिए। घरमा आमा र बुबा विरामी भएकाले पनि पूर्जालाई पारिवारतर्फ ध्यान दिनुपर्ने बाध्यता रहेको छ । उनले लक्ष्य अनुसार नै आरोहण सम्पन्न गर्ने जनाएका छन् । ‘तयारी अवस्थामै छु, अनुकुल मौसम भएकाले पनि मलाई लक्ष्य भेटाउन समस्या छैन’ पूर्जाको भनाई उद्धित गदैं दाजु कमलले भने । उनका अनुसार चिनको तिब्वत क्षेत्रमा रहेको हिमाल आरोहण र नेपालको मनास्लुको आरोहण लगत्तै अभियान सम्पन्न हुने छ ।

हिम चितुवा जस्तै पूर्जा
अग्लो हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पूर्जालाई सघाउने शेर्पाहरूको तयारी समेत अन्य आरोहीको भन्दा फरक हुन्छ । पूर्जाले हिमालमा पाइला टेक्दा वित्तिकै चुचुरो तर्फ लम्किन्छन्। साना–ठूला हिमालको आरोहणमा सहयोगी शेर्पाहरूसँगै भ¥याङ, डोरी, अंकुश लिएर आरोहणमा पूर्जासँगै निस्किने धेरै आरोहीले उनको रफ्तारलाई पच्छाउन सक्दैनन् । अग्ला चुचुरामा रमाउने आरोही पिठ्यूको झोलामा अक्सिन सिलिन्डर बोक्छन्।

अतिरिक्त अक्सिनकै अभावमा धेरै आरोहील बीच बाटोमै ज्यान गुमाएका छन्। तर, पूर्जाको लम्काई देखेर शेर्पा समेत चकित छन् । पूर्जाको यात्रा देखेर शेर्पाको कार्यतालिमा समेत परिवर्तन गर्नुपर्ने अवस्था समेत धेरै हिमालमा भएको छ । आरोही पुर्जाले ‘प्रोजेक्ट पोसिवल’ नाम दिइएको छ । प्रोजेक्ट पोसीबल’ परियोजना सफल बनाउन एनआरएनए युकेका पूर्वअध्यक्ष योेगेन क्षेत्रीको संयोजकत्वमा आर्थिक सहयोग समेत संकलन गरिएको थियो ।

बेलायतमा रहेका नेपालीलाई आर्थिक सहयोग जुटाउने अभियानमा म्याग्देली सक्रिय थिए । करिब ७ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको अभियानलाई बेलायतमा रहेका नेपालीले चासोपूर्वक हेरेका छन्। थप तीनवटा हिमालको आरोहणका लागि लाग्ने खर्चमा करिव ४० प्रतिशत संकलन भएको छ । मासिक ९ लाखसम्म तलब खाने आर्कषक जागिर समेत छोडेर आरोहणमा निस्किएका हुन् । बहादुर, अनुशासित, लगनशिल पूर्जालाई विश्वभरबाट अभियानमा सहयोगको अपिल समेत गरिएको छ ।

को हुन् पूर्जा ?
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन । अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।