कृषि मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंग्युको संक्रमण देखिएको छ । डेंगीको संक्रमण देखिएपछि मन्त्री खनालाई बुधबारबाट ग्राण्डी अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि मंगलबार साँझबाट जचाउनका लागि मन्त्री खनाल निदान हस्पिटल पुग्नुभएको थियो।

डेंग्यु संक्रमणको आशंकामा अस्पतालले उहाँलाई बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले रगत परीक्षण गर्दा डेंग्यु संक्रमण पुष्टि गरेको थियो ।पछिल्लो समय देशका विभिन्न भागमा डेंग्युको समस्या छ। साउनयतामात्रै झन्डै २५ सय जनामा यो रोग देखिएको छ।

विज्ञापन