बेनी नगरपालिका वडा नं ५ भीरमुनीका ३५ वर्षिय डेकनाथ शर्माको मृगौला प्रत्यारोपणका लागि विश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुवै मृगौला खराब भएपछि निदान अस्पताल काठमाण्डौमा उपचार गराइरहेका शर्मालाई सहकारीका अध्यक्ष याम बहादुर बानियाँ, प्रवन्धक सरस्वती बानियाँ केसीले पीडितका दाजु विज्ञान शर्मालाई रकम हस्तान्तरण गरेका थिए ।

घरको कमजोर आर्थिक अवस्थाका कारण केही समय अघिसम्म सदरमुकाम बेनीबजारमा सामान्य चियापसल गर्दै आएका शर्माको खचानक सहनै नसक्ने गरी टाउको दुखेपछि उपचारको क्रममा दुवै मृगौलामा समस्या देखिएको थियो । शर्माको उपचारमा मंगला गाउँपालिका २ कुहुँ पूर्णगाउँ घरभई हाल हुलाकचोकमा नमस्ते टे«ड–२ का प्रोपाईटर ईश्वर तथा गिता आचार्यले १० हजार, पौलस्त्य माविका शिक्षक तथा कर्मचारीले २० हजार र बेनपा ५ घरभई हाल जापानमा रहेका यूवा गणेश कार्कीले ५ हजार सहयोग गरेका छन् ।

हालसम्म प्रतिबद्धता र नगद गरी ५ लाखको हाराहारीमा संकलन भएको छ । शर्माका दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेकाले दुवै मृगौला फेर्नुपर्ने भएपनि परिवारभित्रबाट मृगौला म्याच नगरेपछि ३० लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ ।