DofUbLsf] ?d ufpF DofUbLsf] dflnsf ufpFkflnsf–# df cjl:yt ?d ufpF . ;8s ;~hfnn] hf]l8Psf] ¿d ufpFdf tfdf / 9'+ufvfgL /x]sf] /x]sf] 5 . t:jL/ M w'|a;fu/ zdf{, a]gL-DofUbL_, /f;;

म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा अपरिचित ब्यक्तिले नेष्डो नेपाल माईक्रो फाईनान्स दरवाङ शाखाका एक महिला कर्मचारीलाई कुटपिट गरेका छन् । तनहु जिल्ला घरभई नेष्डोमा कार्यरत सुस्मा क्षेत्री र अनिता गिरी समुहबाट पैसा संकलन गरी दरवाङ फर्किने बेलामा दुईजना पुरुषले क्षेत्रीलाई कुटपिट गरी घाईते बनाएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

क्षेत्रीको घाँटी र टाउकोमा चोट लागेको इप्रका दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए । उनका अनुसार क्षेत्री बोल्ने नसक्ने अवस्थामा भेटिएको बताउँदै घटना हुने बेलामा संगै गएकी साथी उक्त स्थानमा नभएको पाइएकाले कुटपिटमा संलग्नको हुलिया सहित कारण खुल्न नसकेको बताए ।

समुहबाट पैसा लिएर आएको जानकारी पाएर लुट्ने प्रयासमा कर्मचारीले प्रतिकार गर्दा घाईते भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनालगत्तै प्र.नी पाण्डेको नेतृत्वमा ७ जनाको टोली घटनास्थलतर्फ गएको छ । गम्भीर घाईते क्षेत्रीको थप उपचारका लागि एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।घटनामा संलग्नाको खोजीकार्य भइरहेको छ । File photo of Ruma Village 

विज्ञापन