म्याग्दीको मालिका गाउँपालिका–२ रूममा सुस्मा क्षेत्री र अनिता गिरीसँगै गएका थिए । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल दरबाङबाट समुहसँगको कारोबारको सिलसिलामा क्षेत्री बेली र गिरी जेम गाउँमा पुगे । समुहसँगको काम सम्पन्न गरी फर्किने क्रममा क्षेत्रीसँगै दुईजना अन्दाजी १६ बर्षको उमेर हाराहारीका दुईजना समेत दरबाङ जाने भन्दै पछि–पछि लागे ।

क्षेत्री अगाडी र दुईजना पछाडी थिए । उनीहरूले आफुँहरू पनि जाने भन्दै पछाडी लागेपनि अगाडी गएनन् । क्षेत्री अगाडी हिड्दा उनीहरू पछाडी दिए । बाटोमा एक्लै भएको मौका छोपी दुवैले पछाडीबाट ढुंगा प्रहार गरे । ढुंगाले लागेपछि अचेत भएकी क्षेत्रीसँग साथमा रहेको करिव १ लाख ५० हजार लगेर भागेको अनुमान प्रहरीले गरेको छ।

‘साथमा पैसा भएको सुईको पाएपछि आक्रमण गरेको देखिन्छ,‘थप अनुसन्धान भइरहेको छ, केही निगरानीमा छन्’ प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले भने । उनका अनुसार बेलीबाट फर्किने बेलामा दुवैले पैसा देखेपछि एकान्तमा आक्रमणको योजना बनाएर पछाडी लागेको बताउँदै लुट्नेको छिट्टै पहिचान हुने बताए ।

लुट्ने क्रममा ढुंगाले लागेर अचेत भएको खवर पाएलगत्तै प्रनाउ मरासिनीले दरबाङको टोली परिचालनसँगै हेलिकष्टरको समेत ब्यवस्था गरेपछि क्षेत्रीलाई थप उपचारका लागि पोखरा मनिपाल अस्पतालमा पठाइएको थियो ।

पैसा लुटेर फरार भएकाको खोजीकार्य भइरहेको बताउँदै इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट समेत टोली खटिएको प्रनाउ मरासिनीले बताए । घटना लगत्तै क्षेत्रीको फोन सम्पर्क हुन नसकेपछि गाउँलेले देखेर जानकारी गराएका थिए ।

तत्कालै इप्रका दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा टोली घटनास्थलमा परिचालन गरिएको थियो । चोट र घटनास्थलको अवस्था हेर्दा हतारमा बनाइएको योजना जस्तो देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

लुटिएकी क्षेत्रीसँगै सोही रुटमा आवतजावत गरेकाहरूको हुलियाको आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको छ । घटनामा संलग्नको पहिचान नभएपछि लुटेर भागेको स्थानमा ब्यापाक खोजी भइरहेको छ ।

यता संस्थाकी सावित्रा खत्री क्षेत्रीले घाईते अवस्थामा उद्धार गरिएकी क्षेत्रीको अवस्था बुझ्न पोखरा पुगेको बताईन् । उनले पैसा लुट्न आक्रमण गरेको हुनसक्ने अनुमान गरिएपछि शुक्रबारसम्म संस्थागत जानकारी दिन सकिने बताईन् । तनहुँ जिल्ला घरभई नेष्डोमा कार्यरत क्षेत्रीको अवस्था अहिले खतरामुक्त रहेको छ।

पश्चिम म्याग्दीमा नेष्डो नेपालको लघु वित्त सेवा रहेको छ । विना धितो समुहमा लगानी गर्ने गरिएकाले पनि ग्रामिण क्षेत्रसम्म सञ्जाल रहेको छ । घटनाबाट रुमबासी समेत स्तब्ध छन् । गाउँमा लघुवित्तकी कर्मचारीलाई आक्रमण गरी घाईते बनाएर लुटपाट गरेको घटनको छानविन गरी दोषिमाथी कारबाहीको माग समेत गरेका छन् । तस्वीर स्रोत सदन कँडेल