गरिमाले भगवतीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन (फोटो फिचर)

0
273

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थीत मुक्तिथाम माविमा शुक्रबार गरिमा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदाहित्व अन्र्तरगत आयोजित साक्षरता कार्यक्रम तथा छात्रबृत्ति वितरण कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले ग्रामिण क्षेत्रका अधिकांस जनता वित्तिय पहुँच बाहिर रहेको बताउनुभयो ।

उहाँले गाउँपालिका भित्रका हरेक वडामा रहेका विद्यालय, सामुदायिक संघसंस्था संघसंस्थामार्फत वित्तिय साक्षरता सहितको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । वडा अध्यक्ष रिम कटुवालले म्याग्दीमा अन्य बैंक तथा वित्तिय संस्थाको तुलनामा गरिमाले वित्तिय कारोबारसँगै सामाजिक उत्तरदाहित्वका कार्यहरूलाई समेत प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले सहरबजार केन्द्रित हुने बैंक तथा वित्तिय संस्थाको पहुँचमा निम्न बर्गको उपस्थिती निकै कमजोर रहेको बताउँदै वित्तिय साक्षरता सहितको कार्यक्रमलाई जिल्लामा शाखा विस्तार गरेका बैंकहरुले समेत प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकले वित्तिय कारोबारसँगै जनताको घरदैलोमा पुग्ने गरी सन्देश प्रवाह समेत गर्ने गरेको बताउनुभयो ।

उहाँले गरिमाका हरेक कार्यक्रमलाई समुदायको पहुँचमा पु¥याउने गरी वित्तिय शिक्षा, तालिम तथा समुदायमा आवश्यक विभिन्न सहयोगहरुमार्फत उपस्थिति हुने बताउनुभयो । सोही अवसरमा विद्यालयमा सिसी क्यामेरा, प्रोजेक्टर सहितको उपकरण सहयोगको प्रतिबद्धता समेत ढकालले गर्नुभएको थियो ।

बैंकका विभागिय प्रमुख नविन प्याकुरेलले बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तिय सेवा सुविधा, विद्यार्थीले बचत गर्ने तरिका, ग्रामिण क्षेत्रमा बैंकले ल्याएको कर्जा सुविधा लगाएत विभिन्न विषयमा सहजीकरण गर्नुभएको कार्यक्रममा प्रधानध्यापक अमर बहादुर केसीले कक्षागत वित्तिय शिक्षा प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र बहादुर मल्ल, कलस्टर कार्यालय पोखराका अधिकृत विनिता राना, बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगाना लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बरिष्ठ प्रबन्धक अनुमान श्रेष्ठ, स्वागत कलस्टर कार्यालय पोखराका प्रमुख भोलाप्रसाद तिवारी र अध्यक्षता सिईओ ढकालले गर्नुभएको थियो ।

यसैबीच शुक्रबार विहान म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा वित्तिय संस्था र ब्यापारी एक सिकाका दुई पाटा भएकाले सहकार्यबाट अगाडी बढ्ने बैंकका सिईओ ढकालले बताउनुभएको थियो ।

उहाँले विपन्नको आर्थिकस्तर सुधार, साना तथा ठुला उद्योगीलाई प्राथमिकता दिएको बताउँदै गरिमाले फाईदाभन्दा पनि दिर्घकालिन सहयात्रा खोजेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता उत्तमकुमार कर्माचार्या, सञ्चालन द्धितिय उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ लगाएत उद्योग ब्यापारीको उपस्थिती रहेको थियो ।

Leave a Reply