लियो क्लब अफ बेनीले कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावक गरि २ सय भन्दा बढीलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई विद्यालयमा नै कार्यक्रमको आयोजना गरि सेवा उपलब्ध गराएर क्लबले उदाहरणिय कामको सुरु गरेको बताए ।

उनले यस्ता कार्यहरु अरु निकायले पनी सिक्नुपर्ने बताए । क्लब अध्यक्ष विशाल खत्रीले विद्यालयमा अहिले सम्म कसैको पनी आँखा नपरेकाले क्लबले यो कार्याक्रमको आयोजना गरिएको बताए । शिविरमा विद्यार्थीको तौल, उचाई नाप्नुका साथै उनीहरुको कान, नाक, दाँत तथा अभिभावकको स्वयास्थ्य जाँच तथा रुघाखोकी तथा ज्वरो लगायत परिक्षण गरिएको हो ।

परिक्षण पछि सामान्य रुघाखोकी तथा ज्वरोको विरामीलाई औषधि प्रदान गरिएको छ ।कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भरतबहादुर रकाल शाही,लायन्स क्लब अफ दोभानकी अध्यक्ष जानकी विक ,विद्यालयका प्रअ सुरेन्द्र प्रसाद शर्मा तथा प्राविधिक सहयोगि बेनी अस्पतालकी डाक्टर मनु विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रम क्लबका अध्यक्ष खत्रीको अध्यक्षता ,क्लब सचिव पदम विक (अर्जुन)को संचालन तथा उपाध्यक्ष झलक जिसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।