मिलेसम्म रिलेसन, नभए साइबर अपराध

0
143

पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौति सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रुपहरु फेरिँदै जान थालेपछि यसले ठूलो चुनौति थपिदिएको छ । यस्ता गतिविधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उपार्जनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् ।  यौनशोषण, मानव अंग बेचबिखन(कलेजो, मिर्गौला, छालालगायत), वैदेशिक रोजगारीका नाममा, फर्जी बिबाह। सेरोगेसी, नेटवर्किङ व्यवसायको नाममा, लागूऔषध तथा हातहतियार ओसारपसार गराउन, डान्सबार–रेस्टुरेन्ट, माग्न लगाउनलगायत उद्देश्यले मानव तस्करी तथा बेचबिखन हुने गरेको पनि समाचारमा उल्लेख छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

Leave a Reply