फर्जी बिल बनाएर अनियमितता गरेको स्वास्थ्य कार्यालय बेनीमा कार्यरत एक महिला कर्मचारीलाई अख्यितारले नियन्त्रणमा लिएको छ । पेश्की फछ्र्योट अस्वभाविक बिल पेस गरिएको देखिएपछि थप अनुसन्धानका लागि पब्लिक हेल्थ नर्स राधिका आचार्यलाई अख्यियार दुरूपयोग अनुसन्धान आयोग काठमाण्डौले नियन्त्रणमा लिएको जनाइएको छ । स्वास्थ्य कार्यालयका गतबर्ष जिल्लाका विभिन्न स्थानमा गरिएको कार्यक्रममा अस्वभाविक बिलभरपाई बनाएर कार्यालयमा पेश गरेको भेटिएपछि स्वास्थ्यको घुसकाण्डले फरक मोड लिएको छ ।

बजार मुल्यभन्दा चारगुणा बढी मुल्य भएको बिल पेश गरिएको अख्यितारको टोलीले स्थलगत अनुगमनबाटै भेटाएपछि यसआगडी सहायक हेल्थ असिस्टेन्ट भरत आचार्यलाई नियन्त्रणमा लिइसकेको छ । भरत र राधिका श्रीमान–श्रीमति हुन् । फर्जी विलसम्बन्धि छानविन गर्न विषेश अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए । ‘यो मुद्धा पोखराले हेरेको छैन्,‘केन्द्रबाट आएको टोलीले स्थलगत रुपमै पुगेर अनुसन्धान गरेपछि नियन्त्रणमा लिएको हो’ रिजालले भने ।

अख्तियारको टोलीले नियन्त्रणमा लिइएका आचार्य दम्पत्तीको नाममा स्वास्थ्य कार्यालयमा १२ लाखभन्दा धेरै पेश्की रहेको बताइएको छ ।अख्तियार नियन्त्रणमा रहेका राधिकाको नाममा ४ लाख र भरतको नाममा ९ लाख पेश्सी रहेको अवस्थामा फछ्यौटमा हम्मेहम्मे भएपछि अस्वभाविक विल राखेर लेखा शाखामा पेश गरेपछि विवाद चुलिएको थियो । बेनीबजारदेखि ग्रामिण क्षेत्रमा खाजा, स्टेशनरी, खाना लगाएत विभिन्न शिर्षकमा होटललाई तिरेको भन्दा महंगो बिलभरपाई भेटिएको छ ।

विलभरपाई लाई बलियो आधार बनाउन केही जनप्रतिनिधिलाई समेत हस्ताक्षर गरी फछ्यौटको प्रयास गरिएको थियो ।गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम वापत कार्यालयका आचार्यले नै पेस्की फछ्र्योट गरिदिने वाहनामा घुस मागेको भन्दै अख्यिारको सहयोगमा गत साउन १२ गते निमित्त कार्यालय प्रमुख भिमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी,लेखापाल हरिशंकर शर्मा र चालक भवदत्त जैसीलाई टोलीले कार्यालयबाटै १ लाख ३० हजार रकम सहित नियन्त्रणमा लिएको थियो ।

अख्यितारबाट तत्कालिन कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रेग्मी र लेखापाल शर्मालाई १ लाख ३० हजार बिगो जरिवाना र कैद सजाय माग सहित बिशेष अदालतमा मुद्धा दायर गरेको अवस्थमा आचार्यले १ लाख ३० हजार र रेग्मीले ५० हजार धरौटी तिरेर तारेकमा रिहा भएका छन् । फस्यौटमा घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएपछि आचार्य र रेग्मीले बयानको आधारमा अस्वभाविक विल पेश गरेपछि फस्यौट अस्वीकार गरेको बयान दिएपछि अख्तियारको टोली बेनी, बावियाचौर, दरबाङ सहित कार्यक्रम भएका स्थानमा पुगे अनुसन्धान गरेका थिए ।

अख्तियारले कार्यालय प्रमुख सहित नियन्त्रणमा लिएपछि फर्जी विलभरपाईको अभियोगमा अख्तियारको हिरासतमा रहेका आचार्यले तथ्याङ्क सहायक मेघनाथ रेग्मीको सहयोगमा आफ्ना बिलभरपाई मेटाउन औजार प्रयोग गरी ताला तोडेर प्रवेश गरेका थिए । आफ्नो कमजोरी लुकाउन प्रमाण नष्टको प्रयास गरेको आशंका जिल्ला प्रशासन कार्यालयले कागजात सहित कार्यालयको सुरक्षाका लागि दर्ताचलानी, छाप सहितको कागजात उपलब्ध गराएर कार्यालय प्रमुख र प्रशासन शाखाको चापी नियन्त्रणमा लिएको छ । हाल स्वास्थ्य मन्त्रालयबाटै प्रकाशराज शर्माले कार्यालय प्रमुख खटाइएको छ ।