खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ।

आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ ।

यी खानेकुराकाे सेवन गर्नाले मृगौलामा भएको पत्थरी हटाउ सहयाेग पुग्दछ

कागती

कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस

अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राज्मा

राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी

किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।

खाना बार्ने

चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ।

थप जानकारीः

तुलसी खाए फाइदै–फाइदा

तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसैकारण धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ ।

त्यसैले त घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । खासमा तुलसी पाँच प्रकारका छन । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन ।

यस्ता छन् गुण

– वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।

– जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।

– अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्राेंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।

– यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।

– तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।

– तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।

– नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

– पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो।

– तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।

यस बारे पनि जान्नुहाेस्ः

अनारका अनेक फाइदा

अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै आउँछ । वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ ।

हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस बिनासक र फंगी (ढुसी र त्यस्तै प्रजातिहरू) बिनासकका रुपमा साबित गरिसकेको छ । साधारणतया अनारको सबै भाग (फल, जरा, बोक्रा, फूल) औषधिका रुपमा प्रयोग गर्न सकिन्छ। यसमा पाइने अनेक तत्वले विभिन्न प्रकारका रोग निवारणमा मद्दत गर्न सक्छ ।

क्यान्सरः

अनारमा प्रचूर मात्रामा विभिन्न थरिका एन्टिअक्सिडेन्ट हुने भएकाले यसले प्रोस्टेट, स्तन क्यान्सर लगायत विभिन्न प्रकारको क्यान्सर हुनबाट बचाउन सक्छ । त्यस्तै, क्यान्सर बन्ने तरिकामा बाधा ल्याउनुका साथै बनिसकेको ट्युमरको बिनास गर्न पनि मद्दत गर्छ।

मुटु रोग:

अनारलाई मुटुको सहयोगीका रुपमा लिन सकिन्छ । यसमा मुटुलाई असर गर्ने कोलेस्टेरोल हुँदैन । साथै शरीरमा रहेको नराम्रो कोलेस्टेरोलाई मुटुमा हानी गर्न नसक्ने बनाउन पनि यसले भूमिका खेल्छ । त्यस्तै, अनारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रगत सञ्चालन सहज गराउने भएकाले मुटु रोगको जोखिम घटाउँछ ।

हड्डीको रोगः

अनारमा पाइने ‘फ्लाभेनोल’ भन्ने तत्वले हड्डी खिइने समस्या घटाउनुका साथै बाथ रोगबाट बचाउन सक्ने वैज्ञानिकहरुको दाबी छ । यद्दपि यसमा पर्याप्त मात्रामा अध्ययन भने भएको छैन ।

चिनी रोगः

अनार भन्ने बित्तिकै चिनी रोगीले खानु हुँदैन भन्ने बुझाइ छ । तर, अनारमा चिनीका साथै फाइबर (रेशा) र एन्टिअक्सिडेन्ट पनि प्रसस्त मात्रामा हुने भएकाले रगतमा चिनीको मात्रा सुस्त मात्रामा बढाउने विश्वास गरिन्छ । अनारले चिनीरोगसँगै देखापर्ने अन्य समस्याको निराकरणमा पनि मद्दत गर्ने भएकाले चिनीरोग हुँदा अनार खानु राम्रो मानिन्छ ।

चिनीरोगीले एकपटक डाक्टर अथवा डाइटिसियनको सल्लाहमा कति मात्रामा अनार खाने भन्ने निर्धारण गर्नु वुद्धिमानी हुन्छ । त्यसैगरी, अनार खाँदा जुसको सट्टा दाना खानु उपयुक्त हुन्छ । यदि जुस खानु पर्ने बिरामी भए घरमै सफासँग बनाएको जुस खानु राम्रो हो । बजारिया जुसमा चिनीको मात्रा अधिक हुन्छ ।

अल्जाइमरः

अनारले मस्तिष्कलाई आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले अल्जाइमर रोग लाग्नबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।

सुन्दर छालाः

अनारमा पाइने भिटामिन सी सँगसँगै अन्य एन्टिअक्सिडेन्टले छाला सुन्दर राख्न मद्दत गर्छ।यसका अलावा अनारको बोक्रामा पाइने तत्वहरुले दाँतको समस्या हटाउन मद्दत गर्छ ।

साथै, विभिन्न रोगीमा ब्याक्टेरिया र फंगीको विकाश हुन नदिएर थप समस्या बढ्न दिँदैन । यसका लागि अनारको बोक्रालाई सुकाएर धुलो पारेर खान सकिन्छ ।

१०० ग्राम अनारमा पाइने पोषक तत्वहरु

प्रोटिन– १.६ ग्राम

चिल्लो– ०.१ ग्राम

शक्ति– ६५ किलोक्यालोरी

क्याल्सियम– १० मिलिग्राम

फस्फोरस– ७० मिलिग्राम

आइरन– १.७९ मिलिग्राम

भिटामिन सी– १६ मिलिग्राम

यीबाहेक अनारमा फाइबर र भिटामिन बि पनि प्रसस्त मात्रामा पाइन्छ ।

ध्यान दिनुपर्ने कुरा

अनारमा पाइने तत्वहरुले विभिन्न औषधिसँग प्रतिक्रिया गर्ने भएकाले कुनै पनि प्रकारको औषधि प्रयोग गर्दा डाक्टरको सल्लाह लिऊँ ।
साधराणतया कोलेस्टेरोल घटाउने औषधिहरु, रक्तचापको औषधि र मिर्गौला सम्बन्धी रोगमा प्रयोग हुने केही औषधि सेवन गर्नुपर्दा डाक्टरको सल्लाह दिनुपर्छ । त्यसैगरी, रगत पातलो गर्ने औषधि (वार्फारिन) प्रयोग गरेको खण्डमा पनि अनारको प्रयोग चिकित्सकको सल्लाहमा गर्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि  देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । Source: www.mygyanbigyan.com

Leave a Reply